पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न
64x64
२०८० असार २२ शुक्रबार प्रेसपालिका संवाददाता
201 Views

रुकुम पश्चिम २२, असार ।
रुकुम पश्चिमको स्वास्थ्य सेवा कार्यालयले जिल्ला स्थित पत्रकारहरुसंग शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा वर्ष भरि गरिएका काम तथा गतिविधिका विषयमा जानकारी दिने उदेश्यले पत्रकार अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रममा स्वास्थ्य व्यवस्थापक शुसिल पोखरेलले स्वास्थ्यको संस्थागत विवरण, स्वास्थ्य सेवाको उपभोगको अवस्था, पूर्ण खोप जिल्ला घोषणाको हालसम्मको अवस्था, स्वास्थ्य सेवा कार्यालयले गरेका कार्यक्रम र जिल्ला अस्पतालमा भएको थप सेवाबारे जानकारी दिनुभएको छ । सो अनुरुप कार्यालयको वार्षिक प्रगति विवरण, स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार, खोप कार्यक्रम, सुरक्षित मातृत्व, पूर्ण खोप कभरेज, सम्पन्न काम लगायत गतिविधि र सेवा प्रबाहमा रहेर छलफल गरिएको छ ।

त्यस्तै कार्यालयले एक वर्षको कार्य प्रगति विवरणका आधारमा रुकुम पश्चिम कर्णाली प्रदेशका १० जिल्ला मध्ये दोस्रो स्थानमा रहेको बताएको छ ।  जसअन्तर्गत न्युनतम सेवा मापदण्डका आधारमा स्वास्थ्य सेवा कार्यालयले गत वर्षको तुलनामा भन्दा चालु वर्षमा झन्डै दोब्बर कार्य प्रगति हासिल गरेको छ । कार्यालयको भौतिक व्यवस्थान, गतिविधि तथा सेवा प्रबाहको आधारमा ८३ प्रतिशत उपलब्धि हासिल गरिएको जनाइएको छ ।

छलफल कार्यक्रममा पत्रकार तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिले जिल्लाको स्वास्थ्य सेवालाई अझै मजबुत तरिकाले अगाडि बढाउन सुझाव दिएका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |