रुकुम पश्चिम २१, असार ।
सल्यानको कपुरकोट गाउँपालिका वडानम्बर -३, चोरखोलामा आज बिहान करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सल्यान खौलाका लागि दाङ तुलसीपुरबाट छुटेको रा १ ख ८३४ नम्बरको बसमा करेन्ट लाग्दा एकै घरका बाबु छोराको मृत्यु भएको हो ।
सल्यान प्रहरीका अनुसार मृत्यु हुनेमा गंगादेव गाउँपालिका -४, रोल्पाका अन्दाजी ७० वर्षीय बालाराम डाँगी र उनका छोरा टोपलाल डाँगीको मृत्यु भएको छ । करेन्ट लागेर अर्का एक जना गम्भीर घाइते भएको प्रहरीले बतएको छ ।
सो बसमा २० देखि २५ जना सवारी रहेको सल्यान प्रहरीको भनाइ छ ।