पसल चोरले मोटरसाइकल छाडेर भागेपछि
64x64
२०८० असार १९ मंगलबार प्रेसपालिका संवाददाता
307 Views

रुकुम पश्चिम २९, असार ।
रुकुम पश्चिममा मंगलबार बिहान फलफूल पसल चोरी गर्ने एक व्यक्तिले मोटरसाइकल छाडेर भागेका छन् । मुसिकोट नगरपालिका -५, बागबजारमा रहेको रसिस फलफूल तथा तरकारी पसल शाखाको ताला खोलेर चोरी गर्दैगर्दा स्थानीय र प्रहरीले समात्न खोज्दा मोटरसाइकल नै छाडेर भागेका हुन् ।

प्रहरी चौकी बागबजारले चोरी व्यक्तिले बाइक, ह्यालमेट, ब्याट्री, छाता लगायतका सामान छाडेर भागेको बताइएको छ । फरार चोरले बिहान करिब २ बजेतिर फलफूल पसलको ताला फोडेर नगद पैसा चोरी गरेका छन् । फलफूल पसल संचालक झलक सुनारका अनुसार पसलमा भएको ३० हजार नगद चोरी भएको छ ।

चोरी कार्यमा संलग्न व्यक्तिको मोटरसाइकल प्रहरी चौकी बागबजारमा राखिएको छ । चोरले भे ३ प २९५८ नम्बरको टिभीएस मोटरसाइकल छाडेर भागेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News