नेपालले युएईलाई हरायो
64x64
२०८० असार १७ आइतबार प्रेसपालिका संवाददाता
362 Views

रुकुम पश्चिम १७, असार ।
नेपालले आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा आइतबार युएईलाई तीन विकेटले पराजित गरेको छ । युवा अलराउन्डर दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङमा नेपालले युएईलाई पराजित गरेको हो ।

आजको जीत संगै नेपालले विश्वकप छनोटको अन्तिम खेल मंगलबार टेस्ट टोली आयरल्यान्डसँग सातौं स्थानको लागि प्रतिस्पर्धा गर्ने पक्का भएको छ । जितको लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४३.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा दीपेन्द्र ऐरीले ८५ बलमा ७ चौका र २ छक्कासहित ७९ रन बनाए ।

सन्दीप लामिछानेले ३७ बलमा २ चौकासहित २३ रनमा नट आउट रहे । आठौं विकेटका लागि दीपेन्द्र र सन्दीपले १५ ओभरमा ७९ रनको अविजित साझेदारी गर्दै खेल सकाएका हुन् ।

अब नेपालले सातौं स्थानका लागि मंगलबार आयरल्यान्डसँग खेल्नेछ । विश्वकप छनोटमा सो खेल नेपालको अन्तिम खेल हुनेछ । उक्त खेलमा विजयी भएमा नेपाल सातौं र पराजित भएमा आठौंमा रहेर विश्वकप छनोट अन्तय गर्नेछ ।

नवौं स्थानको लागि अमेरिका र युएईबीच बिहीबार प्रतिस्पर्धा हुनेछ । नेपाल समूह ए मा ४ खेलमा ३ मा हार र १ मा जितका साथ बाहिरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News