हेलिकोप्टरबाट सुत्केरीको उद्दार
64x64
२०८० असार १७ आइतबार प्रेसपालिका संवाददाता
604 Views

ईतिहास परियार
रुकुम पश्चिम १७, असार ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडानम्बर -३, की एक सुत्केरी महिलाई आज हेलिकोप्टरबाट उद्दार गरिएको छ । सुत्केरी व्यथाका कारण अवस्था जटिल बन्दै गएपछि २१ वर्षीया  मनिषा शाहीलाई हेलिकोप्टरबाट सुर्खेत लगिएको हो ।

स्यालाखदी स्वास्थ्य चाैकीमा शनिबार भर्ना भएकी शाहीलाई आठबिसकोट नगरपालिका र  जिल्ला प्रशासन कार्यालयको सहयोगमा सुर्खेत लगिएको वडाध्यक्ष केशरमान विकले बताउनुभएको छ । उहाँका अनुसार जिल्ला प्रशासन कार्यालयकाे सिफारिसमा राष्ट्रपति महिला उथान कार्यक्रम मार्फत हेलिकोप्टरबाट उद्दार गरिएको छ ।

स्वास्थ्य चौकी स्यालाखदीमा भर्ना भएकी शाहीको प्रसव अवस्था जटिल बन्दा हेलिकोप्टर माग गरेर सुर्खेत अस्पताल लगिएको हो । अहिले उनको अवस्था सामान्य रहेको शाहीका श्रीमान नर बहादुर बोहराले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |