तीन दिने पत्रकारिता तालिम सम्पन्न
64x64
२०८० असार १५ शुक्रबार प्रेसपालिका संवाददाता
385 Views

रुकुम पश्चिम १५, असार ।
रुकुम पश्चिममा सञ्चालित ३ दिने आधारभूत पत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको आयोजना र त्रिवेणी गाउँपालिकाको आर्थिक सहयोगमा तालिम सम्पन्न भएको हो ।

जिल्लामा नयाँ पत्रकार उत्पादन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको नेपाल पत्रकार महाँसघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभएको छ । असार १३ गते देखि मुसिकोटमा संचालन गरिएको तालिममा जिल्लाका ६ वटै पालिकाका २५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

पत्रकार महासंघ रुकुम शाखाका अध्यक्ष केसीको अध्यक्षतामा समापन गरिएको कार्यक्रममा त्रिवेणी गाउँपालिकाका कार्यवाहक अध्यक्ष रन बहादुर पुनको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै त्रिवेणी गाउँपालिका सूचना अधिकारी सुरेन्द्र खत्री, पत्रकारका पेशागत संग संगठनका प्रतिनिधि लगायतको सहभागी रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News