रुकुम पश्चिममा धान दिवस मनाइयो
64x64
२०८० असार १५ शुक्रबार प्रेसपालिका संवाददाता
1643 Views

रुकुम पश्चिम १५, असार ।
रुकुम पश्चिममा आज विविध कार्यक्रम गरी २०औं राष्ट्रिय धान दिवस मनाइएको छ । जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि  भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाइएको हो ।

कृषि विकास कार्यालय रुकुम पश्चिमको आयोजना तथा बहुबाली ताजा तरकारी बीउ उत्पादन सहकारी संस्था र चेतनशील बहुउद्देशीय सहकारी संस्था मुसिकोट नगरपालिका -३ को सह-आयोजनामा  मुसिकोट नगरपालिका वडानम्बर -३, को माछ्मी ज्यूलामा धान दिवस मनाईएको छ ।

किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले धान दिवस मनाउने गरिएको कृषि विकास कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख मिन बहादुर केसीले जानकारी दिनुभएको छ ।

मानो रोपेर मुरी फलाउने दिनका रूपमा यस दिन अधिकांश स्थानमा रोपाई गरी धान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना पनि गरिएको छ । जनप्रतिनिधि र कर्मचारी बिच डोरी तान्ने, दौड, लगायतका कार्यक्रमहरु पनि सम्पन्न गरिएको छ ।

त्यस्तै जिल्लाको आठबिसकोट नगरपालिका, चौरजहारी लगायतका पालिकाले पनि विविध  कार्यक्रम गरि धान दिवस मनाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |