मुसिकोटमा आधारभूत पत्रकारिता तालिम सुरु
64x64
२०८० असार १३ बुधबार प्रेसपालिका संवाददाता
419 Views

रुकुम पश्चिम १३, असार ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा ३ दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाको आयोजना र त्रिवेणी गाउँ लपालिका रुकुम पश्चिमको सहयोगमा तालिम सुरु भएको हो ।

पत्रकारिताको लागि नयाँ आउने पत्रकारहरुका लागि  आधारभूत ज्ञान र सीपको विकास होस् भन्ने उदेश्यले तालिमको आयोजना गरिएको नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभएको छ । तालिममा जिल्लाका ६ वटा पालिकाका २५ जना सहभागीहरुको सहभागिता रहेको बताइएको छ ।

पत्रकार महासंघका अध्यक्ष केसीको अध्यक्षतामा भएको तालिम उद्घाटन सत्रमा जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतमको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, प्रहरी नायब उपरिक्षक नमराज भट्टराई, सशस्त्र प्रहरी नायब उपरिक्षक गोबिन्द केसी, प्रमुख अनुसन्धान अधिकृत होमराज रेग्मी, पत्रकार महासंघ रुकुमका पूर्व अध्यक्ष तथा सल्लाहकार गणेश बिक, त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी सुरेन्द्र खत्री, जिल्लास्थित पत्रकारका विभिन्न संगठनका प्रमुख लगायतको आतिथ्यता रहेको थियो ।

शाखाका सचिव हिरा परियारले सञ्चालन गर्नुभएको तालिम उद्घाटन सत्रमा सह सचिव नाराणण ओलीले सहभागीहरुलाई स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो । तालिम असार १५ गते सम्म सञ्चालन हुने बताईएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News