शान्ति नेपालले गर्यो वार्षिक समिक्षा
64x64
२०८० असार १३ बुधबार प्रेसपालिका संवाददाता
405 Views

रुकुम पश्चिम १३, असार ।
रुकुम पश्चिम आठविसकोट नगरपालिकामा रहेको शान्ति नेपाल रुकुम पश्चिमले बुधबार एक बर्षमा गरेको गतिविधिको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । परियोजना क्षेत्रका अति गरिव तथा पिछडिएका समुदायको स्वास्थ्य अवस्था र आधारभुत जिविकोपार्जमा सुधार  गर्नका लागि संचालित कार्यक्रमको समिक्षा गरिएको हो ।

नगरपालिकाको वडानम्बर -१,२ र ३ मा स्थित  परियोजना क्षेत्रका समुदायका मानिसहरुको स्वास्थ्य व्यवहारमा सुधार ल्याउने, परियोजना क्षेत्रका समुदायका मानिसहरूको अत्यावश्यक स्वास्थ्य सेवाको पहुँचमा वृद्धि गर्ने,  समुदायका अति गरिब  तथा विपन्न परिवारलाई खाद्य सुरक्षाको पहुँचमा सुध्यार ल्याउन सहयोग गर्ने उदेश्यका साथ विभिन्न कार्यक्रम सन्चालन गर्दै आएको बताइएको छ ।

शान्ति नेपाल संस्थाले नगरपालिकाका वडा र शान्ति नेपालको साझेदारीमा आठविसकोट नगरपालिका वडानम्बर -१, खेतमा प्रस्तुति केन्द्र स्थापना गरेर  प्रसुती सेवा संचालन गरेको छ । जसअन्तर्गत  अहिले सम्म ८ जना सुत्केरीले सेवा लिएका, वडानम्बर -२ का १ सय ५० घरधुरीमा खानेपानीका धारा निर्माण भएर प्रयोगमा आएका, वडानम्बर -३ मा ३ सय घरधुरीमा खानेपानिका धारा निर्माण भइ  संचालनमा आएका छन् ।

त्यस्तै वडानम्बर -१ रहेका रोकाजा खेत गाउँलाई नमुना सफा र स्वच्छ गाउँ घोषण, वडानम्बर -२ मा रहेको चिरवान्नालाई नमुना सफा र स्वच्छ टोल घोषणा, वडानम्बर -३ रहेको हिमालय माध्यमिक विद्यालयमा वायुसान फिल्टर र शौचालय कुखुरा पालन, बाख्रापालन, फिल्टर वितरण समुदायमा विभिन्न काम गर्दै समुदायलाई सहजीकरण गरि समुदायका व्यक्तिहरुमा भौतिक र सामाजिक रुपान्तरण ल्याउने उदेश्यले आर्थिक बर्ष ०७९/८० मा महत्वपूर्ण काम गरेको बताएका छन् ।

सो वार्षिक समिक्षा कार्यक्रममा आठविसकोट नगरपालिकाका नगर प्रमुख रबि केसि, वडानम्बर -१ का वडा अध्यक्ष देव बहादुर घर्ती, वडानम्बर -२ का अध्यक्ष देव बहादुर यरी, वडानम्बर -९ का अध्यक्ष जनक बहादुर बटाला, स्वास्थ्य संयोजक प्रेम रोकाय, राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ लगायतको उपस्थित रहको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News