स्यार्पुमा डुबेर बालिका बेपत्ता
64x64
२०८० असार १२ मंगलबार प्रेसपालिका संवाददाता
421 Views

रुकुम पश्चिम १२, असार ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -३ र ५ मा रहेको स्यार्पु तालमा पौडी खेल्न गएकी एक बालिका डुबेर बेपत्ता भएकी छन् । स्यार्पु ताल माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत छात्रा टिका विक मंगलबार दिउँसो तालमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमले जनाकारी दिएको छ ।

बाँफिकोट गाउँपालिका वडानम्बर -३, निवासी डिलबहादुर विककी ११ वर्षिया छोरी टिका पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए ।

साथीहरुसँग पौडी खेल्ने गएकी उनी डुबेर बेपत्ता भएकी हुन् । बेपत्ता बालिकाको अहिले खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News