वर्षासंगै आएको पहिरोले नहर कुलोमा क्षति
64x64
२०८० असार ११ सोमबार प्रेसपालिका संवाददाता
562 Views

रुकुम पश्चिम ११, असार ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडानम्बर -७, स्थित साँखखोला, रेटावाङ, फेचङ, सोताखेत, तङतारा सिंचाई आयोजनाको नहर पहिरोले क्षति पुर्याएको छ । यही असार ८ गते राति देखि १० गतेसम्म परेको अविरल वर्षाका कारण पहिरोले नहर कुलोमा क्षति पुर्याएको हो ।

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा गत चैत्र २५ गते सम्पन्न भएको सिंचाई नहर पहिरोले भत्काएपछि किसानहरु मर्कामा परेका छन्।

३ महीना नपुग्दै सिंचाई नहर पहिरोले भत्काएपछि सिँचाइ तथा धान बाली रोपाई कसरी गर्ने भन्ने समस्याले पिरोलेको स्थानीयवासी सिबान्द पाण्डेले दुखेसो पोख्नुभएको छ ।

उक्त कुलो मर्मतमा सरकारले यथाशीघ्र चासो दिनुपर्ने किसान देवि खड्का पाण्डेले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News