मुसिकोटको बजेट ७४ करोड ८६ लाख
64x64
२०८० असार १० आइतबार प्रेसपालिका संवाददाता
420 Views

रुकुम पश्चिम १०, असार ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ बजेट आइतबार ठुलीदहबाट सार्वजनिक गरेको छ । नगरउपप्रमुख विमल कुमार पुनले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा मुसिकोटको बजेट ७४ करोड ८६ लाख २७ हजार ५ सय २५ रुपैयाँ विनियोजन भएको छ ।

कुल विनियोजन बजेट अन्तर्गत चालुतर्फ ५७ करोड १० लाख २७ हजार ५ सय २५ रुपैयाँ र पुँजीगततर्फ १७ करोड ७६ लाख रहेको छ । सो बजेट संघ तथा प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त अनुदान  रहेको बताइएको छ । त्यस्तै आर्थिक वर्ष ०७९/८० को मौज्दात रकम २ करोड पनि विनियोजित बजेटमा प्रस्ताव गरिएको छ ।

१२ औं नगरसभा मार्फत मुसिकोटले सार्वजनिक गरेको बजेट आगामी वर्षको नीति तथा कार्यक्रम अनुसार परिचालन तथा कार्यान्वयन गरिने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News