चौरजहारीले पारित गर्यो आगामी वर्षको नीति तथा कार्यक्रम
64x64
२०८० असार ०८ शुक्रबार प्रेसपालिका संवाददाता
534 Views

रुकुम पश्चिम ८, असार ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम शुक्रबार पारित गरेको छ । नगर कार्यपालिकाको १७ औं नगर सभाले आगामी वर्षको नीति तथा कार्यक्रम पारित गरेको हो ।

नगरप्रवक्ता खुम बहादुर खड्काका अनुसार नगरपालिकाले १५ वटा बुदालाई मुख्य नीति तथा कार्यक्रमको रुपमा पास गरेको छ । जसमध्ये पढ्नको लागि आर्थिक समस्या भएका विद्यार्थीलाई विद्यार्थी सहायता कोषको स्थापना गर्ने, शिक्षा संग श्रम कार्यक्रम लागु गरिने, शितल माध्यामिक विद्यालय चौरजहारी र हिमालय माध्यमिक विद्यालय खोलागाउँलाई आवासीय  सुविधा सम्पन्न मेगा विद्यालयको रुपमा अगाडि  बढाउने नीति तथा कार्यक्रम पारित गरेको छ । त्यस्तै अतिथि शिक्षक शिक्षण कार्यक्रम लागु गर्ने, गाउँ टोल स्तरमा गर्भवती महिलाहरुको लागि भिडियो एक्सरे सेवा प्रदान गर्ने, एक वडा एक नमुना उत्पादन कार्यक्रम संचालन गरिने प्रवक्ता खड्काले बताउनुभएको छ ।

नगर सभाबाट कृषिमा आधारित उद्योग व्यवसायलाई पप्रवर्द्धन गरि कृषकको उत्पादनलाई नगरपालिका बाट खरिद गरि बजारीकरणमा सहजिकरण गर्ने, बीउ उद्योग स्थापनागरी प्याकेजिगं, लेवलिगं ब्रान्डीगं गरी निर्यातको प्रवन्ध गर्ने र कृषि तथा पशु एम्वुलेन्स संचालन गर्ने तथा नगरपालिका भित्रका मुख्य सडक र वडाकार्यालय सम्मका सडकहरुलाई आगामी ४ वर्ष भित्र कालोपत्रे गरीने भएको छ ।

यसैगरी पूर्वाधारको दिगोपना र गुणस्तर कायमका लागि नगरपालिकामा पूर्वाधार ल्याब स्थापना गरिने, सुख्खा डाँडा र नदी किनारका फाँटहरुमा बिरुवा रोप्ने अभियान संचालन गरि हरित चौरजहारी नगरपालिकाको रुपमा विकास गर्ने र सभा सम्मेलन वैठक, लगायत औपचारिक कार्यक्रम निर्धारित समयमा सुरु र अन्त्य गर्ने संस्कारको विकास गर्ने नीति तथा कार्यक्रम पारित गरिएको छ ।

बैठक सहकार्यमा समाजिक सुरक्षा भत्ता वितरणको कार्यक्रमलाई वडा स्तरबाट संचालन गरिने, जनयुद्धका शहिदहरुको सम्मानमा नगरपालिका भित्रका मुख्य सडकहरुको नामाकरण शहिदको नाम झल्किने गरि नामाकरण गरिने भएको छ । जसअन्तर्गत चौरजहारी, विजयश्वरी, मेलैनाउली, चौफा नुवाकोट सडकलाई शहिद  यज्ञस्वर स्मृत सडक तथा मनकोट-खहरे-लहरेसिमल-लहरेसिमल मानाकोट-खोलागाउँ, गरुले-शान्त स्मृति सडक र कोटजहारी-नाउलीबजार-जुम्ली-जुम्ली पोखरी-तिमिले-नुवाकोटलाई पुर्ण स्मृति सडकको रुपमा नामकरण गरिने नगरपालिकाले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |