लम्पीस्किन रोगबाट ४ सय ६५ चौपायाको मृत्यु
64x64
२०८० असार ०७ बिहिबार प्रेसपालिका संवाददाता
325 Views

रुकुम पश्चिम ७, असार ।
रुकुम पश्चिममा लम्पीस्किन रोग महामारीको रुपमा देखा परेको छ । जेठ महिनाको अन्तिम सम्म लम्पीस्किन रोगबाट जिल्लामा ४ सय ६५ पशुचौपायको मरेका छन् । जिल्लामा पहिलो पटक गत वर्षको फागुनमा लम्पीस्किन रोग देखा परेको थियो ।

हाल सम्म यो रोगबाट जिल्लामा १७ हजार ७०८ पशुचौपाया संक्रमित भएका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमिक्त कार्यालय प्रमुख ज्ञानुकुमार शर्माका अनुसार हालसम्म १ हजार १ सय ७५ पशुलाई खोप दिईएको छ ।

लम्पीस्किन रोगबाट सवै भन्दा बढि गाई र गोरु प्रभावित भएका छन् । जिल्ला भर १७ हजार ५५८ गाई, गोरु र १५० वटा भैसीमा यो रोग देखिएको छ ।जसमध्ये मुसीकोट नगरपालिकामा १ हजार ४ सय  ३६, आठविसकोट नगरपालिकामा १ हजार ९ सय २२, चौरजहारी नगरपालिकामा ४ हजार १ सय ५२ वटा पशुचौपाया संक्रमित भएका छन् ।

त्यस्तै त्रिवेणी गाउँपालिकामा १ हजार ८ सय २४, सानीभेरी गाउँपालिकामा ७ हजार ३ सय ८८ र बाँफिकोट गाउँपालिकामा ९ सय ८६ वटा पशुचौपाय संक्रमित भएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख शर्माले जानकारी दिनुभएको छ । सवैभन्दा बढि सानीभेरी गाउँपालिकामा यो रोगको प्रकोप देखिएको छ ।

त्यस्तै मुसीकोट नगरपालिकामा १ सय १२, आठविसकोट नगरपालिकामा ६०, चौरजहारी नगरपालिकामा ९४, त्रिवेणी गाउँपालिकामा १ सय १६, सानीभेरी गाउँपालिकामा ६३ र बाँफिकोट गाउँपालिकामा २० वटा पशुचौपाया मरेको बताईएको छ । रोग लागेर मर्नेमा गाई/गोरु ४ सय ५७ र भैंसी ८ वटा मरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |