आठविसकोटका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
64x64
२०८० असार ०५ मंगलबार प्रेसपालिका संवाददाता
706 Views

रुकुम पश्चिम ५, असार ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडानम्बर -७, ले मंगलबार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । वडाको जनज्योति आधारभुत विद्यालय डाँफे र भानुभक्त आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

नगरप्रमुख रबि केसी मार्फत जनज्योति आधारभुत विद्यालय डाँफेमा अध्ययनरत १ सय २९ जना र भानुभक्त आधारभुत विद्यालयमा अध्ययनरत  ७५ विद्यार्थीलाई झोला, कापी, कलम वितरण गरिएको वडा अध्यक्ष अमृत बुढाले जानकारी दिनुभएको छ ।

जनज्योति आधारभुत विद्यालय डाँफेका  बालविकास विद्यार्थीलाई झोला, २५ वटा कापी र १२ वटा कलम वितरण गरिएको छ । त्यस्तै कक्षा १ मा अध्यनरत विद्यार्थीलाई ४० वटा कापी, २४ वटा कलम, कक्षा २ मा ४० वटा कापी, २४ वटा कलम,  कक्षा ३ मा ४० वटा कापी, २४ वटा कलम र सम्पुर्ण विद्यार्थीलाई १/१ वटा झोला वितरण गरिएको वडा अध्यक्ष बुढाले बताउनुभएको छ ।

त्यस्तै कक्षा ४ मा ५० वटा कापी, २४ कलम  र कक्षा ५ मा ५० वटा कापी २४ वटा कलम र झोला वितरण गरिएको छ ।

त्यस्तै कक्षा ३ सम्म संचालित भानुभक्त आधारभुत विद्यालय औलीगाउँले वडा कार्यालय मार्फत वितरण भएका निशुल्क झोला, कापी कलम संगै विद्यालय व्यवस्थापन समितिले निशुल्क स्कुल पोशाक पनि वितरण गरेको छ ।

बालविकासमा अध्यनरत विद्यार्थीलाई १ झोला, २५ वटा कापी, १२ वटा कलम, कक्षा १ देखि कक्षा ३ सम्मका विद्यार्थीलाई झोला १ वटा  ४० वटा कापी, २४ वटा कलम र सबै विद्यार्थीलाई १/१ जोडा स्कुल पोशाक वितरण गरिएको छ ।

शैक्षिक सामाग्री वितरण गर्दै नगर प्रमुख रबि केसीले नगरका १४ वडा मध्ये यस्तो महत्त्वपूर्ण काम गर्ने पहिलो वडा ७ नम्बर वडा भएको बताउनुभएको छ । आर्थिक रुपमा समानान्तर कायम गरि एकरुपताको लागि वडा कार्यालयले झोला, कापी र कलम वितरण गरेको भन्दै वडा सरकारले उदाहरणीय काम गरेको र यस्तै कार्यक्रम आगामी दिनमा नगरपालिकाका सबै वडाका विद्यालयमा लागु गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रमुख केसीले महत्तवपूर्ण कार्यक्रमको लागि वडा सरकारलाई धन्यवाद दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |