निःशुल्क कान अप्रेसन शिविर सम्पन्न
64x64
२०८० असार ०२ शनिबार प्रेसपालिका संवाददाता
648 Views

रुकुम पश्चिम २, असार ।
रुकुम पश्चिमकाे मुसिकोट नगरपालिका वडानम्बर -१, सल्लेमा निःशुल्क कान अप्रेसन शिविर सम्पन्न भएको छ । गत जेठ २९ गतेदेखि जिल्ला अस्पताल सल्लेमा सुरु भएको शिविर आज सम्पन्न भएको हो ।

जिल्लामा १७ वर्षपछि आयोजना गरिएको कानको शिविरमा ५३ जनाको कानको जाली फुटेका व्यक्तिहरुको अप्रेसन भएको आँखा उपचार केन्द्र सल्लेका इन्चार्ज धनबहादुर केसीले जानकारी दिनुभएको छ ।

यसअघि विभिन्न ठाउँमा संचालन गरिएको कान स्वास्थ्य सेवा शिविरबाट पहिचान भएका व्यक्तिहरुका लागि अप्रेसन शिविर संचालन गरिएको हो ।

जेठ ८ गते चौरजहारीको सहिद स्मृति नगर अस्पताल, ९ गते सेवा केन्द्र तथा जेठ ११ र १२ गते आँखा उपचार केन्द्र सल्लेमा संचालन भएको कान स्वास्थ्य सेवा  शिविरबाट कानको अप्रेशन गर्नुपर्ने १ सय ४१ जना व्यक्ति पत्ता लागेको बताइएको छ ।

जसमध्ये ५३ जनाको जिल्लामै कानको अप्रेसन  गराएको र ८९ जनाको कान सुख्खा नभएकालाई नेपालगञ्ज रेफर गरिएको आँखा उपचार केन्द्रका इन्चार्ज केसीको भनाइ छ ।

नेपाल नेत्रज्योती संघ, एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग, बि.एन. (ब्रिटेन नेपाल) सामुदायिक कान उपचार सेवा सिद्धार्थ अस्पताल नेपालगञ्ज बाँकेको प्राविधिक सहयोग, मुसिकोट नगरपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा नेपाल नेत्रज्योती संघ जिल्ला शाखा रुकुम पश्चिम तथा आँखा उपचार केन्द्रले शिविर आयोजना गरिएको हो ।  शिविरमा सिनियर कन्सल्टेन्ट नाक कान घाँटी रोग विशेषज्ञ  डा. रवि स्वार र डा. शिव रेग्मी सहित १७ जनाको स्वास्थ्यकर्मीको टोली खटिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |