पत्रकार महासंघलाई मल्टी चार्जर उपलब्ध
64x64
२०८० असार ०१ शुक्रबार प्रेसपालिका संवाददाता
618 Views

रुकुम पश्चिम १, असार ।
नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखालाई नेपाल टेलिकम रुकुम पश्चिमले मल्टी चार्जर उपलब्ध गराएको छ । आज महासंघ रुकुम पश्चिम शाखा कार्यालयमा पुगेर कार्यालयका प्रमुख कृष्ण शर्माले महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसीलाइ मल्टी चार्जर उपलब्ध गराउनु भएको हो ।

एकै पटकमा धेरै मोबाइल चार्ज गर्न मिल्ने मल्टी चार्जर प्रदान गरिएको प्रमुख शर्माले जानकारी दिनुभएको छ ।

चार्जर उपलब्ध गराउने नेपाल टेलिकम रुकुम पश्चिम कार्यालयलाई धन्यवाद दिंदै नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष केसीेले  अब महांसघ कार्यलयमा आउने पत्रकार तथा अन्य व्यक्तिलाई चार्ज गर्न सहज तथा चार्जर नहुँदा समस्यामा परेकाहरुलाई यो चार्जरले राहत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News