रुकुम पश्चिम २९, जेठ ।
लघुवित्त कर्मचारी मञ्च रुकुम पश्चिम द्धारा आयोजित माध्यामिक विद्यालय स्तरीय खुला हाजिरी जवाफ प्रतियोगितामा बालकल्याण माध्यमिक विद्यालय झुल्खेत प्रथम भएको छ । आइतबार मुसिकोट स्थित त्रिभुवन जनता माध्यमिक विद्यालय खंलगामा सम्पन्न प्रतियोगितामा झुल्खेत प्रथम भएको हो ।
त्यस्तै न्यूमुन लाईट बोर्डिङ स्कुल दोस्रो भएको छ । ज्ञानोदय माध्यामिक विद्यालय भलाक्चा तेस्रो हुँदा महेन्द्र माध्यमिक विद्यालय छिवाङले तेस्रो स्थान हासिल गरेको लघुवित्त कर्मचारी मञ्च रुकुम पश्चिमका महासचिव गोबिन्द थापाले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा स्थान हासिल गर्ने विद्यार्थी तथा विद्यालयले ट्रफि, प्रमाण पत्र, सहित नगद क्रमश ५ हजार एक, ३ हजार एक, २ हजार एक र १ हजार एक रुपैयाँ हात पारेका छन् ।
प्रतियोगिमा जिल्ला स्थित १५ वटा द्यालयको सहभागिता रहेको थियो । मञ्चका अध्यक्ष देब सिं ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव गोबिन्द थापाले गर्नु भएको थियो । कार्यक्रममा मञ्चका उपाध्यक्ष संगम देवकोटाको स्वागत मन्तव्य रहेको बताइएको छ ।