बालबालिकाको सहभागितामा सवाल जवाफ
64x64
२०८० जेठ २५ बिहिबार प्रेसपालिका संवाददाता
1363 Views

रुकुम पूर्व २५, जेठ ।
रूकुम पूर्वमा पहिलो पटक बालबालिकाका सवालमा नौलो प्रकृतिको सवालजवाफ कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाले प्रश्न सोध्ने र सरोकारवालाहरूले जवाफ दिने गरी सवाल जवाफ कार्यक्रम पूथा उत्तरगंगा गाउँपालिकामा सम्पन्न भएको हो ।

गाउँपालिकाको आयोजनामा गाउँपालिका भित्रका माध्यमिक र आधारभुत विद्यालयका विद्यार्थीहरूको सहभागितामा सवाल जवाफ कार्यक्रम सम्पन्न भएको गाउँपालिकाले बताएको छ ।

बालबालिकाले बिद्यालयमा छात्रा शौचालय हुनुपर्ने, बालक्लव सञ्चालनका लागि खर्च ब्यवस्थापन गरिनुपर्ने, पालिकाको नीति तथा कार्यक्रममा बालबालिकामैत्री कार्यक्रम ल्याइनुपर्ने, अतिरिक्त क्रियाकलापमा बनाउनुपर्ने लगायतका सवाल उठाएका छन् ।

बालबालिकाका प्रश्नहरूको जवाफ दिँदै शिक्षा शाखा प्रमुख रामप्रसाद खड्काले बजेट अभावका कारण चाहेजस्तो काम गर्न नसकिएको भन्दै आगामी दिनमा सुधार गरिने बताउनुभएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत शमिर गिरीले सबैभन्दा वढि बजेट शिक्षामा खर्च हुने गरेको भएपनि बालबालिका केन्द्रित हुन नसकेको भन्दै यसलाई सच्याएर जाने जानकारी दिनुभएको छ ।

गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा मगरले पालिकास्तरमा क्लव ब्यवस्थापन गरेर बालबालिकाका समस्या हल गर्ने बताउनुभएको छ । छात्रामैत्री शौचालय बनाईने तथा सेनटरी प्याडको निशुल्क पूर्तिलाई थप ब्यवस्थित गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ । आगामी आर्थिक वर्षमा उपाध्यक्षसँग किशोर किशोरी कार्यक्रमलाई थप ब्यवस्थित गर्ने उहाँको भनाई छ ।

गाउँपालिका अध्यक्ष पुनिराज घर्ति मगरले आफुहरू बालबालिकाका समस्याप्रति गम्भिर रहेको भन्दै बजेट अभावका कारण चाहेजस्तो काम गर्न नसकिएको बताउनुभएको छ । विद्यालयमा गएका स्रोत साधनको सदुपयोग गर्न उहाँको आग्रह छ ।

तीन दिन सम्म चलेको बालक्लवका पदाधिकारीका तथा सदस्यहरुका लागि नेतृत्व विकास कार्यक्रको समापन दिन यस्तो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा संगठन, बाल अधिकार, नेतृत्व, उद्घोषण, निर्णय लेखन लगायतका विषयमा प्रशिक्षण दिईएको छ । कार्यक्रमको सहजिकरण गणेश सिर्पाली, इशा ओली, मुना बुढाथोकी र गणेश भण्डारीले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |