गैसस महासंघ रुकुम पश्चिमको अध्यक्षमा ओली
64x64
२०८० जेठ २० शनिबार प्रेसपालिका संवाददाता
302 Views

रुकुम पश्चिम २०, जेठ ।

गैरसरकारी सस्था महासंघ नेपाल जिल्ला शाखा रुकुम पश्चिमको अध्यक्षमा भिमराज ओली चयन भएका छन् । शनिबार मुसिकोटमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट अध्यक्षमा ओली चयन भएका हुन् ।

निर्वाचन समितिका संयोजक दिपेन्द्र डिसीका अनुसार अधिवेशनबाट ओलीको अध्यक्षतामा १३ सदस्यीय सर्बसम्मत जिल्ला कार्य समिति गठन भएको छ । जसको उपाध्यक्षमा केशन कुमार क्षेत्रीयाल, सचिवमा गोकर्ण खड्का, कोषअध्यक्षमा भिमबहादुर डाङ्गी र सहसचिवमा खिमा डाङ्गी चयन भएका छन् ।

त्यस्तै सदस्यमा टेकबहादुर ओली, भीमबहादुर खड्का, रीता घर्ती, युनिशा परियार, आशिष पुन, टोपेन्द्र हमाल, मनिषा केसी, र निवर्तमान अध्यक्ष  नारायण कुमार शाह रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News