रुकुम पश्चिम २०, जेठ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडानम्बर -१३ मा संचालित दुई दिने निशुल्क स्वास्थ्य शिविरमा ९ सय ५० जनाले निशुल्क सेवा लिएका छन् । जेठ १९ र २० गते छिवाङ्ग स्वास्थ्य चौकीमा संचालित शिविरबाट वडानम्बर -१३ र १४ का नागरिकले स्वास्थ्य सेवा लिएका हुन् ।
वडानम्बर -१३, का वडाध्यक्ष खल बहादुर खड्काका अनुसार प्रभात मावि दोपाईमा ५ सय ६१ र डाँडा छिवाङ्गबाट ३ सय ८९ जनाले निशुल्क स्वास्थ्य सेवा लिएका छन् । शिविरमा जनरल चेकजाँच, ब्लड प्रेसर चेकजाच, तौल नाप, रक्त समूह परिक्षण, परामर्श सेवा, ड्रेसिङ तथा प्राथमिक उपचार र गर्भवती महिलाहरु एवं जटिल रोगको समस्या भएका विरामीहरुको लागि निशुल्क भिडियो एक्सरे सेवा दिइएको उहाँको भनाइ छ ।
मानव विकास तथा सामुदायिक सेवा चौरजहारी अस्पतालको आर्थिक तथा प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।