रुकुम पश्चिम १९, जेठ ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा युवाहरुको लागि ३ दिने व्यावसायिक सिप विकास तालिम सम्पन्न भएको छ । नेपाल ख्रीष्टिय राहत सेवा कुमारपाटी ललितपुर नेपालको आयोजनामा तालिम सम्पन्न भएको हो ।
बिदेश बाट फर्केका युवाहरु, विद्यालय तथा कलेज छोडेका विद्यार्थीहरुलाई आफ्नै गाउँघरमा बसेर स्थानीय स्रोत साधनको उपयोग गरी व्यवसाय सन्चालन गर्न प्रोत्साहन गर्ने र व्यवसाय गर्दै गरेकाहरुलाई क्षमता विकास गरी सफल व्यवसाय बन्न प्रेरणा दिने उदेश्यले तालिमको सन्चालन गरिएको नेपाल ख्रीष्टिय राहत सेवा रुकुमका परियोजना अधिकृत सेतलाल सुनारले जानकारी दिनुभएको छ ।
३ दिन सम्म सन्चालन भएको तालिममा त्रिवेणी गाउँपालिका अन्तर्गत वडानम्बर ३, ४, ६ र ७ का २५ जना व्यवसाय गर्दै गरेका र व्यवसाय गर्न ईच्छुक महिला, युवा तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।
तालिममा सि डि आर सी रुकुमका प्रबन्धक टेक बहादुर कुसारी, तालिम संयोजक भिम बहादुर खड्का र हुकुम बहादुर केसीले स्थानीय स्रोत साधनको उपयोग गरी कसरी व्यवसाय सन्चालन गर्ने, कसरी सफल व्यवसाय बन्ने लगायतका विषयमा प्रशिक्षण दिनुभयको छ ।
जेठ १६ गते देखि सन्चालन भएको तालिम जेठ १८ गते समापन भएको थियो । समापन कार्यक्रम त्रिवेणी गाउँपालिका उपप्रमुख राजकुमारी रेउलेको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर घर्ती र नेपाल ख्रीष्टिय राहत सेवा रुकुमका परियोजना अधिकृत सेतलाल सुनार लगायतको आतिथ्यता रहेको बताइएको छ ।