मुसिकोटका दुई वडामा निशुल्क स्वास्थ्य शिविर
64x64
२०८० जेठ १६ मंगलबार प्रेसपालिका संवाददाता
391 Views

रुकुम पश्चिम १६, जेठ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडानम्बर -१३ र १४ को संयुक्त आयोजना र छिवाङ्ग स्वास्थ्य चौकीको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सन्चालन हुने भएको छ । मानव विकास तथा सामुदायिक सेवा चौरजहारी अस्पतालको आर्थिक तथा प्राविधिक सहयोगमा शिविर सञ्चालन हुन लागेको हो ।

शिविरमा जनरल चेकजाँच, ब्लड प्रेसर चेकजाच, तौल नाप, रक्त समूह परिक्षण, परामर्श सेवा, ड्रेसिङ तथा प्राथमिक उपचार र गर्भवती महिलाहरु एवं जटिल रोगको समस्या भएका विरामीहरुको लागी निशुल्क भिडियो एक्सरे सेवा सन्चालन हुने वडानम्बर -१३, का वडा अध्यक्ष खल बहादुर खड्काले जानकारी दिनुभएको छ ।

शिविर यहि जेठ १९ गते प्रभात माध्यमिक विद्यालय छिवाङ्ग दोपाई र २० गते राष्ट्रिय आधारभुत विद्यालय डाडाछिवाङमा विहान १० बजे देखि बेलुका ५ वजे सम्म संचालन हुने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News