समाजवादी प्रेस संगठन रुकुम पूर्वको अध्यक्षमा बुढा मगर
64x64
२०८० जेठ १६ मंगलबार प्रेसपालिका संवाददाता
288 Views

रुकुम पूर्व, १६ जेठ ।
समाजवादी प्रेस संगठन रुकुम पूर्वको अध्यक्षमा हिरा बुढा मगर चयन भएकी छन् । रुकुमकोटमा मंगलवार सम्पन्न प्रथम जिल्ला भेलाबाट बुढा मगर अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् ।

भेलाले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको संगठनका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष हृदय भुसालले जानकारी दिए । उनका अनुसार संगठनको उपाध्यक्षमा सुरेशमान विक, महिला उपाध्यक्षमा राधा खड्का र सचिवमा प्रेमा जिएम चयन भएका छन् ।

त्यस्तै सहसचिवमा मोहन रामजाली र कोषाध्यक्षमा रुमानी गौतम चयन भएका छन् । सदस्यमा मनिषा मल्ल, सुजाता मल्ल, रविना सुनार, रमिता सुनार र नेहा रोका चयन भएको बताइएको छ । निर्वाचित नयाँ कार्यसमितिलाई प्रमुख अतिथि एवं संगठनका केन्द्रीय सदस्य भुसालले संगठनको बिधान अनुसार सपथ ग्रहण गराएका छन् ।

प्रथम जिल्ला भेलामा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश उपाध्यक्ष प्रतिज्ञा मगर र केन्द्रीय सदस्य अमरराज पुनको समेत उपस्थिति रहेको थियो ।

त्यस्तै एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुकुम पूर्व जिल्लाका पार्टी अध्यक्ष भिउमान घर्ती, केन्द्रीय लेखा परिक्षण आयोगका सदस्य मोहन केसी, पार्टी सचिब भुवनेश्वर उपाध्याय लगायतको उपस्थिति रहेको जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News