आज गणतन्त्र दिवस मनाईंदै
64x64
२०८० जेठ १५ सोमबार प्रेसपालिका संवाददाता
1120 Views

रुकुम पश्चिम १५, जेठ ।
आज १६ औं गणतन्त्र दिवस भव्य समारोहका बीच  मनाईंदै छ । देशैभर विभिन्न कार्यक्रमको आयोजना गरेर उत्सवका रुपमा दिवस मनाउन लागिएको हो ।

विक्रम संवत्  २०६५ साल जेठ १५ गते ऐतिहासिक संविधानसभाको पहिलो बैठकले एक शताब्दी लामो राजतन्त्रको अन्त्य गरी नेपाललाई सङ्घीय गणतान्त्रिक मुलुक घोषणा गरेको थियो । यसै अवसरमा सरकारले गणतन्त्र दिवसलाई बढीभन्दा बढी नागरिकको सहभागिता हुने गरि भव्यताका साथ दिवस मनाउन लागेको छ ।

जनआन्दोलन २०६२/०६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन्छ । १० वर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा स्थापित जहानियाँ राजतन्त्र अन्त्य भएर मुलुक गणतन्त्रमय बनेको थियो ।

ऐतिहासिक दिनको सम्मान स्वरूप हरेक वर्षको जेठ १५ गते नेपालले आफ्नो गणतन्त्र दिवस मनाउने गरेको छ । यसै ऐतिहासिक दिनको सम्मान स्वरूप  सरकारले आज सार्वजनिक बिदा दिएर यसलाई सम्मान, गौरव र लोकतान्त्रिक गणतान्त्रिक मुलुकको उपलब्धिलाई उत्सवको रूपमा मनाउन अपिल गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News