मुसिकोट १२ को एकवर्षे कार्य प्रगति सार्वजनिक
64x64
२०८० जेठ १२ शुक्रबार प्रेसपालिका संवाददाता
245 Views

रुकुम पश्चिम १२, जेठ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडानम्वर -१२, ले शुक्रबार एकवर्षे कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । दोस्रोपटकको स्थानीय तहको निर्वाचनबाट निर्वाचित वडा सरकारले एकवर्षे कार्यकाल पूरा भएको उपलक्ष्यमा वडापालिकाको प्रगति विवरण सार्वजनिक गरेको हो ।

वडाध्यक्ष धिरन सिर्पाइलीका अनुसार निर्वाचनका बेला जनता सामु गरिएका बाचा पूरा गर्न वडा सरकारले अघि सारेको पञ्चवर्षीय लक्ष्य र वृहत्तर योजना अनुरुप एकवर्षको अवधिमा सम्पन्न कामको समिक्षा सहितको कार्य प्रगति विवरण सार्वजनिक गरिएको छ । उहाँले एकवर्षे कार्यकालमा जनताको घरदैलोमा पुगेर सुत्केरी स्याहार खर्च हस्तान्तरण देखि विपन्न, सहिद, सहाराबिहिन र जेष्ठ नागरिकको पक्षमा जनमैत्री काम गरिएको बताउनुभएको छ ।

यस अवधिमा वडा सरकारले एक वर्षभित्र वडामा ६ किलोमिटर सडकको स्तरोन्नती गरेको छ । ३ किलोमिटर नयाँ सडक निर्माण र १.६ किलोमिटर पिसीसी गोरेटो बाटो निर्माण गरिएको बताइएको छ । त्यस्तै ६.५ किलोमिटर गोरेटो बाटो निर्माण गरिएको, १ सय ९० घरधुरीमा खानेपानी निर्माण गरिएको र ९१ घरधुरीलाई सिंचाई सुविधा दिईएको छ ।

वडा सरकारले कार्य प्रगति विवरणमा एक वर्षको अवधिमा १७ जना मुटु, मृगौला तथा दिर्घ रोगीको स्वास्थ्य बिमा गरिदिएको छ । ५० बढी किसानलाई बीउविजन उपलब्ध गराएको छ । त्यस्तै वडामा पशु सेवा तथा पशु बिमा कार्यक्रम समेत सञ्चालन गरिएको जनाएको छ ।

वडाले एकवर्षमा दुई लाख ७९ हजार ४ सय ६८ रकम संकलन समेत गरेको छ । त्यस्तै वडा कार्यालयबाट २ सय ३० जना नागरिकलाई सेवा दिइएको बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News