३१ सुत्केरी महिलालाई सुत्केरी स्याहार भत्ता
64x64
२०८० जेठ १२ शुक्रबार प्रेसपालिका संवाददाता
1263 Views

रुकुम पश्चिम १२, जेठ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१२, का वडाध्यक्ष धिरण शिर्पाइलीले आफ्नो व्यक्तिगत लगानीमा वडाका ३१ जना सुत्केरी महिलालाई सुत्केरी स्याहार भत्ता दिनुभएको छ । वडाध्यक्षको पहिलो घोषणा अनुसार वडाले प्रत्येक सुत्केरीलाई ३ हजार स्याहार भत्ता उपलब्ध गराउँदै आएको हो ।

आज आफ्नो पदभार ग्रहणको १ बर्ष पुगेको अवसरमा वडामा एक कार्यक्रमको आयोजना गरी अध्यक्ष शिर्पाइलीले वडाका ३१ सुत्केरी महिलालाई ३ हजारका दरले ९३ हजार रुपैयाँ जनप्रतिनिधि र कर्मचारीको टोलीले घरमै पुगेर  वितरण गर्दै आएको बताउनुभएको छ ।

आमा र शिशुको पोषण स्थितिमा सुधारका लागि टेवा पुगोस् भनेर वडाको तर्फबाट ३ हजार रुपैंया दिइरहेको वडाध्यक्ष सिर्पालीको भनाई छ । यो ठूलो रकम नभए पनि आमा र शिशुको स्वास्थ्यका लागि सरकारले लिएको अपनत्वको रुपमा बुझ्नुपर्ने उहाँले बताउनुभएको

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News