दुई दिने निशुल्क कान शिविर सम्पन्न
64x64
२०८० जेठ १२ शुक्रबार प्रेसपालिका संवाददाता
1753 Views

रुकुम पश्चिम १२, जेठ ।
रुकुम पश्चिमको स्वास्थ्य सेवा कार्यालय सल्लेमा सञ्चालित २ दिने निशुल्क कान शिविर आज सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश नेपालको आर्थिक सहयोग, बि.एन. (ब्रिटेन नेपाल) सामुदायिक कान उपचार सेवा सिदार्थ अस्पताल बाँके नेपालगन्जको प्राबिधिक सहयोग, मुसिकोट नगरपालिका रुकुम पश्चिम र स्वास्थ्य सेवा कार्यालय रकुम पश्चिमको समन्वय तथा नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा रुकुम तथा आँखा उपचार केन्द्र सल्लेको आयोजनामा सञ्चालित २ दिने निशुल्क कान शिविर सम्पन्न भएको हो ।

२ दिन सम्म सञ्चालित उक्त शिविरबाट ५ सय ३८ जनाको कान चेकजाँच गरिएको आँखा उपचार केन्द्र सल्ले रुकुम पश्चिमका ईन्चार्ज धन बहादुर केसीले जानकारी दिनुभएको छ । जसमध्ये ७३ जनालाई निशुल्क श्रवण यन्त्र वितरण गरिएको छ । ६८ जनालाई अप्रेशनको लागि सिफारिस गरिएको छ ।

अप्रेशनका लागि सिफारिस गरिएका ६८ जनाको  यहि जेठ ३१ गते र असार १ गते जिल्ला स्वास्थ्य कार्यालय सल्ले रुकुम पश्चिममा निशुल्क रुपमा अप्रेशन गरिने आँखा उपचार केन्द्र सल्लेका ईन्चार्ज केसीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News