मुसिकोट १३ : एकवर्षे प्रगति विवरण सार्वजनिक
64x64
२०८० जेठ १२ शुक्रबार प्रेसपालिका संवाददाता
2135 Views

रुकुम पश्चिम १२, जेठ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडानम्बर-१३, ले एकवर्षे प्रगति विवरण शुक्रबार सार्वजनिक गरेको छ । स्थानीय तहको दोस्रो निर्वाचन २०७९ जेठ १२ गते पदभार ग्रहण पछिको १ वर्षे कार्यकाल पुगेको उपलक्ष्यमा वडापलिकाले प्रगति विवरण सार्वजनिक गरेको हो ।

वडा अध्यक्ष खलबहादुर खड्काका अनुसार सार्वजनिक गरिएको प्रगति विवरणमा प्रशासनिक कार्यतर्फ गरिएका काम, राजस्व आमदानी, प्रदेश तथा संघ सरकारको साझेदारीमा गरिएका विकास निर्माण र आगामी कार्य योजनालाई समेटिएको छ ।

वडापालिकाले सार्वजनिक गरेको एकवर्षे प्रगति विवरणको पूर्ण पाठ ।
आदरणीय मुसिकोट १३ नं. वडा वासी आमा बुवा दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक अभिवादन नमस्कार व्यक्त गर्दछु । हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान अनुसार संघीयता पछिको दोस्रो स्थानीय निर्वाचन २०७९ वैशाख ३० गते सम्पन्न निर्वाचनबाट अन्तिम मत परिणणाम पश्चात् विधिवत रुपमा निर्वाचन अधिकृतको कार्यालयको घोषणा पश्चात् विधिवत रुपमा मिति २०७५ जेठ १२ गते मुसिकोट नगरपालिका वडा नं. १३ मा वडा अध्यक्षको पदभार ग्रहण गरेको १ वर्ष पूरा भएको सन्दर्भमा पुनः १३ नं. वडावासीहरुलाई विशेष धन्यवाद दिन चाहन्छु । मुसिकोट नगरपालिका १३ नं. वडा कार्यालयद्वारा १ वर्ष भित्र भए गरेका समग्र कार्यलाई संक्षिप्त रुपमा प्रस्तुत गर्न चाहन्छु ।

प्रशासनिक कार्यतर्फ
१) वडा समितिको बैठक सम्पन्न -२१ वटा
२) नागरिकता सिफारिस -८९ वटा
३) नाता प्रमाणित -३५ वटा
४) चारकिल्ला प्रमाणित तथा घरवाटो सिफरिस -४० वटा
५) वैदेशिक पर्योजनका लागि आवश्यक पर्ने अंग्रेजी सिफारिस –
६) अन्य सिफारिस –१०२४ वटा
जम्मा १२०२ जनालाई प्रत्यक्ष रुपमा सेवा दिएका छौं । साथै वडामा मेलमिलाप समिति गठन गरी झैं-झगडा समबन्धी दर्ता भएका निवेदन मेलमिलाप गरेका छौं ।

राजस्व आम्दानी
मालपोत तथा सम्पती कर -रु८१,३१५
प्रशासनिक तथा सेवा शुल्क कर -रु २२,२८१०
जम्मा -३,०४,१२५

मुसिकोट नगरपालिका प्रदेश सरकार तथा संघीय सरकारको साझेदारीमा सम्पन्न भएका तथा निरन्तरता भईरहेका विकास निर्माण सन्दर्भमा  संक्षिप्त रुपमा संक्षिप्तिकरण गर्न चाहन्छु ।

१) सुरिक्षित आवास कार्यक्रम तर्फ १३ घर परिवारलाई जस्ता छानाको व्यवस्था गरियो ।

२) शिक्षा तर्फ महेन्द्र मावि छिवाङ्ग चौतारामा ९ कोठे भवन तथा शैक्षिक सुधार कार्यक्रम निरन्तरता कार्य भईरहेको छ । साथै राष्ट्रिय आवि विद्यालय डाँडाछिबाङ्गमा २ कोठे भवन निर्माण कार्य सम्पन्न, प्रभात मावि दोपाईमा विद्यालयको घेरावार लगायत वडाभित्रका गरीब, विपन्न, असहाय बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण  प्रोत्साहन र विद्यालयमा अतिरिक्त क्रियाकलाप र शैक्षिक गुणस्तर कायम गर्न वडा समितिद्वारा पटक-पटक अनुगमन जस्ता कार्य गरेका छौं ।

३) स्वास्थ्यतर्फ १३ नं. वडाको दोपाईमा घर भाडामा लगि आधारभूत स्वास्थ्य सेवा दिइरहेका छौं । साथै आफ्नै भवनबाट दिन भवन निर्माण कार्य अगाडि बढाएका छौं । साथै वडावासीलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउनका निम्ति यस क्षेत्र सङ्ग सम्बन्धित कार्यालयहरु सर्व समत्वय गरी घुम्ती शिबिर चेतनामूलक कार्यहरुलाई निरन्तरता दिएका छौं ।

४) सडक तर्फ नयाँ सडक निर्माण २ किमि स्तरोन्नति  ३ किमि पिसिसि गोरेटो निर्माण ३५० मिटर गोरेटो बाटो स्तरोन्नति २ किमि लगायत वडाभित्र रहेका सडकहरु सरसफाई गरि यातायातमा सहजता ल्याएका छौं ।

५) खानेपानी सिचाइतर्फ एक घर एक धारा निर्माणको कार्य वडाका विभिन्न टोलमा सम्पन्न तथा निरन्तरता भएको छ । साथै वडाको समस्याको रुपमा रहेको बुमचौर, भालजुला, राउटेवारा, लिफ्ट खानेपानी लगायत कार्यको निर्माण कार्य तिव्र रुपमा अगाडि वढेको छ साथै वडा भित्रका साना सिचाई घट्टेखोला सानचौर आरसिसी कुलो निर्माणकार्य भएको छ ।

६) कृषितर्फ वडाभित्रका उत्कृष्ट किसान फर्महरुलाई प्रोत्साहन ५० प्रतिशत अनुदानमा आधारित बीउबिजन तथा यान्त्रिकरण कार्यक्रम विभिन्न किसिमका फलफूल विरुवा वितरण ।

७) पशुतर्फ विज निर्माण पशु तथ्यांक संकलन विभिन्न रोगको विरुद्ध खोप लगायतका कार्य गरियो ।
८) खेलकुद पर्यटन तथा कला सस्कृति-खेलकुदतर्फ वडास्तरीय भलिवल खेल आयोजना गरि सम्पन्न हुनुको साथै वडाको तर्फबाट अन्य ठाउँमा भाग लिने खेलाडीहरुलाई खेलकुद  सामग्री प्रदान, वडाभित्रका विद्यालय तथा टोलहरुमा खेलकुद सामग्री वितरण गरियो । साथै बारभदौ मेला पापिनी मेला लगायत पर्वहरुमा वडाको तर्फबाट आर्थिक सहयोग गरिएको छ । र मौलिक कला संस्कृति बचाउने उदेश्यले तिज विशेष कार्यक्रम आयोजना गरी सम्पन्न गरेका छौं । साथै पुराना सिंगारु पैसारु मयूर नाचलाई जीवन्त राख्न प्रोत्साहन सम्पन्न गरेका छौं । पर्यटन तर्फ सहि स्मृति पार्क तथा पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुर्याएका छौं ।

(९) विपत व्यवस्थापन तर्फ वाढी, पहिरो, भू-क्षय, चट्याङ प्राण घातक क्यान्सर जस्ता रोगहरुको निम्ति आवश्यक सामग्री तथा आर्थिक सहयोग गरेका छौं ।

१०) सीपमूलक तालिम तर्फ सम्बन्धित कार्यालयहरुसंग समन्वय गरेर हाते ट्याक्टर मर्मत सिलाई कटाई साबुन सरब बनाउने जस्ता तालिमहरु सम्पन्न गरेका छौं ।

११) विद्युत तर्फ वडामा पदभार हुन अगावै विद्युत सबै टोलमा पुगेता पनि छुटेका घरधुरीमा नयाँ थप बस्तीमा सम्बन्धित कार्यालयसंग समन्वय गरि १५ घरधुरीमा विद्युत लाइन विस्तार गरेका छौं ।

१२) असल आमा सुत्केरी प्रोत्साहन कार्यक्रम तर्फ सम्बन्धित सरोकारवालासँग प्रारम्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छौं । साथै सुत्केरी आमाहरुलाई जनप्रतिनिधिहरु घरमै पुगि नगद रु १००० बच्चा र आमाको निम्ति न्यानो कपडा १७ जना आमाहरुलाई उपलब्ध गराएको छ । बाँकी आमाहरुलाई निरन्तरता दिने कार्य दिनेछौं । र महिला स्वयमसेवकको निम्ति प्रोत्साहन तर्फ मासिक रु ५०० उपलब्ध गराएका छौं ।

१३) वडा कार्यालयको आफ्नै भवन निर्माण गरि सेवा कार्य विस्तार गरेका छौं ।
१४) वडाको रुमखोलामा धार्मिक परम्परा अनुसार मृत्यु पश्चात गरिने काजक्रिया सहज पुर्याउनका निम्ति प्रतिक्षालय निर्माण कार्य अगाडि बढाएका छौं ।

भावी मुख्य कार्ययोजना
जागितका नौ गरिएका आवधिक योजनाहरुलाई प्रथमिक आधारमा संघीय सरकार, प्रदेश सरकार र मुसिकोट नगरपालिकासंग बजेट माग गरि वडाभित्रका महत्वपूर्ण योजनाहरु २०७०/०८१ मा निरन्तरता गर्ने लक्ष्य राखेका छौं ।
१) सुरक्षित आवास तर्फ साविकको १ र २ नम्बर बडालाई फुसको छानो मुक्त गर्नुको साथै अन्य टोलमा निरन्तरता ।

२) छेरा बगर डांडा छिवाङ हाइवाङ त्रिवेणी सडक ३) मण्डली थान संरक्षण तथा प्रवर्द्धन
४) हयग्रा खोला इलसिङे घुमचौर भालजुला राउटेवारा लिफ्ट खानेपानी
५) आधारभूत स्वास्थ्य चौकी भवन निर्माण
३ कृषि संकलन केन्द्र कोल्ड स्टोर निर्माण ।

साथै वडाभित्रका विद्यालयहरुमा पक्की भवन निर्माण ग्रामिण सडकहरुको स्तरोन्नति एक घर एक धारा खानेपानीको अवधारणा निरन्तरता पिसिसि गोरेटो बाटो निर्माण वडामा एकीकृत घुम्ती शिविर  लगायत प्रतिक्षालय निर्माण सामुदायिक महिला भवन लगायत १३ नं वडावासीको आवश्यकतालाई ध्यानमा राखी विकास निर्माण तथा वडाको सर्वाङ्गिण विकासको निम्ति सदैव लागिरहने प्रण गर्दछौं । साथै यहाँहरुको निरन्तर साथ सहयोगको अपेक्षा सहित हामीले जनतासामु बाचा गरेका प्रतिवद्धताहरु पूरा गर्ने संकल्पका साथ पुनः सबै वडावासी आमाबुवा-दाजुभाई, दिदिबहिनीहरुमा प्रतिबद्धता जाहेर गर्दछौं ।

  खल बहादुर खड्का
वडा अध्यक्ष
मुसिकोट नगरपालिका -१३, रुकुम पश्चिम ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |