रुकुम पश्चिम ११, जेठ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले आफ्नो एकबर्षे प्रगति विवरण सार्वजनिक गरेको छ । नगर प्रमुख रबि केसीले बिहीवार एक प्रेस नोट जारी गर्दै नगरको प्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।
२०७९ जेठ १० गते पदभार ग्रहण गरेसंगै एकवर्षे कार्यकाल पूरा भएको अवधिमा नगरपालिकाले हालसम्म गरेका विविध क्षेत्रको विवरण तयार पारेर सार्वजनिक गरिएको प्रमुख केसीले बताउनुभएको छ । उहाँका अनुसार कृषि, पशुपालन, उत्पादन रोजगार, शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर काम सुरु गरिएको र सोही अनुरुपको प्रगति विवरण सार्वजनिक गरिएको बताइएको छ ।
नगरपालिकाले सार्वजनिक गरेको बिस्तृत प्रगति विवरण यस्तो रहेको छ ।
१. आर्थिक विकास
– २५ हजार किवीका विरुवा खरिद गरि किसानलाई वितरण गरिएको छ ।
– जनताको बारीमा उत्पादित किवी र सुन्तला किसानको वारीबाट बजारसम्म पुर्याउन ढुवानीको व्यवस्था गरिएको छ ।
– कृषि तथा पशुपंक्षीको तथ्याङ्क संकलन गरिएको छ ।
– आलमण्डाको विरुवा वितरण गरिएको छ ।
– व्यावसायिक युवा लक्षित कार्यक्रम सञ्चालन गरिएको छ ।
– अगुवा कृषकहरुलाई भ्रमण र तालिम सञ्चालन गराइएको छ ।
– कृषि मेला तथा कृषि प्रदर्शनी गराइएको छ ।
– पशुहरुको कृत्रिम गर्वाधान कार्यक्रम सञ्चालन गरिएको छ ।
– नगरपालिकाबाट सञ्चालित कर्णाली वेवरेज प्रा.लि.का को कोल्ड स्टोर निर्माण, भवन निर्माण, चिलर पलान्ट निर्माण, फलफूलको जुस प्रशोधन मेसिन खरिद तथा जडान, मिनरल खानेपानी उत्पादनको लागि मेसीन जडान, २ सय केभीएको विद्युत ट्रान्समिटर जडान, यसै उद्योगमा उत्पादन भएका मिनरल वाटर र वाइनको बजारीकरण तथा कच्चा पदार्थ ढुवानीको लागि २ वटा ट्रक र २ वटा जीप व्यवस्थापन, उद्योगका आवश्यक जग्गा खरिद गरिएको ।
– यस नगरपालिकामा सञ्चालित दुग्ध उद्योगको उत्पादित वस्तुलाई बजारीकरणका लागि १ वटा मिल्क ट्याङ्कर र २ वटा जिप व्यवस्थापन गरिएको छ ।
२. सामाजिक विकास
– श्री शहिद स्मृति दिपज्योती नमूना मा.वि.राडीको लागि विद्यालय बसको व्यवस्थापन गरिएको छ ।
– आधारभूत शिक्षा परीक्षा कक्षा ५ र ८ को नतिजा सुधारउन्मुख रहेको छ ।
– राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन २०७९ सञ्चालन गरिएको छ ।
– डाक्टर पढ्न ३ जनालाई छात्रवृत्ति प्रदान गरिएको छ ।
– स्थानीय पाठ्यपुस्तको निर्माण गरि प्रयोग गरिएको छ ।
– विद्यालय समायोजन कार्यविधि वनाइ अभिभावकका सुझाव संकलन गरी केहि विद्यालयहरुको तह घटाइ विद्यालय मर्जको प्रक्रिया अगाडि बढेको छ।
– उच्च शिक्षाको केन्द्र रहेको राडिज्युला शिक्षा क्याम्पसको भवन निर्माण तथा आवस्यक जग्गा खरिद गरिएको छ ।
– नगर अस्पतालमा आवश्यक पूर्वाधार सहित नयाँ सेवा र सुबिधाका साथ अगाडि बढाएको ।
– आधारभूत स्वास्थ्य सेवा केन्द्रमा वर्थिङ् सेन्टर स्थापना गरि सेवा सुरु भएको छ ।
– क्यान्सर पीडित तथा दीर्घ रोगीलाई उपचार वापतको खर्च भुक्तानी गरिएको छ ।
– विपन्न नागरिक औषधि उपचार सिफारिसका लागि १५ जनालाई सिफारिस गरिएको छ ।
– गोतामकोट, घेत्मा र नगर अस्पतालमा किशोरकिशोरी स्वास्थ्य सेवा सुदृढिकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
– एक घर एक धारा खानेपानी आयोजनाहरु पालिका भरी करिब ४० प्रतिशत घरधुरीमा खानेपानी पुगेको छ, भने ३० प्रतिशत घरमा निर्मानाधिन अवस्थामा रहेका छन ।
– १३ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ् शिल्ड, २०७९ मा जिल्ला प्रथम भइ शिल्ड विजेता भएको छ ।
– १३ औँ राष्ट्रिय राष्ट्रपति रनिङ् शिल्डको सटफुट विधामा यस नगरपालिका खेलाडी नेपाल प्रथम भएका छन् ।
– ९ औँ राष्ट्रिय खेलकूल प्रतियोगितामा कर्णाली प्रदेशबाट उत्कृष्ट भइ सहभागी खेलाडीलाई सम्मान गरिएको छ ।
३. पूर्वाधार विकास
– आठबिसकोट नगरपालिकाको अति दुर्गम क्षेत्र एवं सडक संजाल जोडिन बाँकी रहेको वडानम्बर -१, मा मोटर बाटो पुगेको छ । साथै पहाडा, पाटागाउँ लगायतका दुर्गम गाउँमा मोटर बाटोको लागि ट्याक खन्ने कार्य चालु अवस्थामा रहेको छ । खदी देखि स्यालासम्म जाड्ने मोटर बाटो र घर्तीगाउँ देखि ८ न. वडा कार्यालय जोड्ने मोटर बाटो निर्माण सम्पन्न हुने अवस्था रहेको छ ।
– राडीज्यूला बजार क्षेत्रका सवै बाटोहरु कालो पत्रेको लागि कार्य आरम्भ भएको छ । रिम्ना चिसापानी राडी हुँदै घारीखोलासम्म र राप्ती लोक मार्ग अन्तर्गत नदुवा देखि लिस्ने हुँदै झारमारे र गोतामकोटको छरेबगर देखि नयाँडाँडासम्मको सडकको स्तरोन्नति तथा कालोपत्रेको कार्य सञ्चालनमा रहेको छ ।
– घट्टाखेत देखि सुन्दरपानी हुदै मैडाँडा जाने सडक र खारखारा देखि ढुङ्गिला हुँदै सिम्तारा जाने सडक स्तरोन्नतिको क्रममा रहेको छ ।
– सिमबजार राडी जोड्ने मोटर पुल निर्माण, छरेबगर, सालागार, नरखोला र ठूलीभेरीको राडी- मन्मै जोड्ने मोटर पुल निर्माणाधिन अवस्थामा रहेका छन् ।
– कुसुम खोला, भलखोला, छेपारे, रिगाउरा झो.पु. निर्माणधिन र १ वटा आर सीसी पुल निर्माण भएको छ ।
– राडीज्यूला, मगखोला, चिला, खारखारा, हर्दिगाउँ, तलिभयाउने, पुजाखोला, मुलपानी सिँचाइ आयोजना निर्माण भएको छ ।
– नगरपालिका तथा वडा कार्यालयहरुको केन्द्र तोकि नगरपालिकाको प्रशासनिक भवन र वडा नं. १ र २ को प्रशासनिक भवन निर्माणाधिन अवस्थामा रहेको छ ।
– शाईकुमारी, साजेबगर, स्याला, खदी, मिग्री, चौतारा, होली, छिमी, डाँफे, औलीगाउँ, घर्तीगाउँ, सना, हर्दिगाउँ, गोइरी, ठूलीवार्खु, घोरीलाश, घारीखोला, झिन्चौर, गत्तसैना, घाटीगौरा, हम्पा, गाउँवारी, सवारी, बाकेज्यूला, छेपारे, टाकुरा, फर्साचौर लगायतका विद्यालयमा भवन २ कोठे ४ कोठे र ८ कोठे गरी २७ वटा विद्यालय भवन निर्माण सम्पन्न र केही निर्माणाधिन अवस्थामा रहेका छन् ।
– शहिद स्मृति नमूना मा.वि.राडीको विद्यालयमा घेरबार तथा फिल्ड निर्माणको कार्य सञ्चालनमा रहेको छ ।
– वडा नं. ४,५,६,११,१३,१४ मा विद्युतिकरण जोडिएर बिस्तार कार्य सञ्चालनमा रहेको छ ।
– राडीज्यूलामा नेपाल टेलिकमको 4G टावर र टेकमाइन्ड प्रा.लि.को फाइवर नेट सञ्चालन भएको छ ।
४. वातावरण तथा विपद् व्यवस्थापन
– वडामा रहेका मुहानहरु संरक्षण कार्य अघि वढाइएको छ ।
– राडीज्यूला ढल निकासको काम सञ्चालनमा रहेको छ ।
– गिजागार र भेरी नदिमा तटबन्द कार्यक्रम सञ्चालन रहेको छ ।
– सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत फुसको छाना हटाउन ११ सय घरघुरीलाई जस्ता पाता वितरण गरिएको छ ।
– सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ५ वटा घर निर्माण भएका छन् ।
– पुननिर्माण प्राधिकरणबाट घर निर्माणाधिन अवस्थामा रहेका छन् ।
– नगर अस्पतालमा एम्वुलेन्स व्यवस्थापन गरिएको छ ।
५. संस्थागत विकास, सेवा प्रवाह र सुशासन
– जनतालाई असुविधा नहोस भनि प्रत्येक वडा कार्यालयमा गएर एकीकृत सेवा प्रवाह घुम्ति शिविर मार्फत योजना सम्झौता र अपाङ्गता परिचय पत्र वितरण गरिएको छ ।
– शहिद परिवार र गरिब तथा अति विपन्न घर परिवारलाई निशुल्क स्वास्थ्य बिमा गराइएको छ ।
– नगर स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ ।
– सवै प्रकारका निर्णय तथा सूचनाहरु नगरपालिकाको वेवसाइट र सूचना पाटीमा टाँस गर्ने गरिएको छ ।
– वडा कार्यालयहरुमा राजश्व संकलन प्रणाली अनलाइन तथा सफ्टवेयर मार्फत गर्ने गरिएको छ ।
– आवधिक योजना निर्माण कार्य थालनी गरिएको छ ।
– जनप्रतिनिधि तथा मेलमिलाप कर्ताहरुको लागि कानुन सम्वन्धि अभिमुखिकरण तालिम प्रदान गरिएको छ ।
– न्यायिक समितिमा दर्ता हुन आएका जम्मा ४३ वटा विवादहरुमध्ये ३० वटा मेलमिलापको माध्यमबाट मिलापत्र गराइ विवाद किनारा लगाइएको ।
– भुमि बर्गिकरण:- भु उपयोग नीति २०७९ बनाइ आठबिसकोट नगरपालिकाको भुमिको बर्गिकरण गरि सम्बन्धीत निकायमा पेश गरि कार्यन्वयनमा आएको । साथै भुमिहिन दलित, ससकुम्बासी र अव्यवस्थित बसोबासीहरु लगत संकलन गरिएको छ ।
– ऐतिहासिक पर्यटकीय ठाउँहरु साइकुमारी, चित्रिपाटन, झारमारे, छिमी, बिजारे, बन्चरे मैडाडा, झारमारे सम्पेताल, मालिका, लगायत क्षेत्रहरु विकासको लागि गुरुयोजना बनाइ अगाडि बढाउने प्रयत्न गरिएको छ ।