जिप दुर्घटनामा ५ जनाको मृत्यु, १० घाइते
64x64
२०८० जेठ ११ बिहिबार प्रेसपालिका संवाददाता
448 Views

रुकुम पश्चिम ११, जेठ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -८, दुलीमा आज भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । सानीभेरी गाउँपालिका -५, हाँसुबाट  सदरमुकाम खलंगा तर्फ जाँदै  गरेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार दुर्घटनामा मृत्यु हुनेको एकिन विवरण आइनसकेकाले सनाखत हुन बाँकी रहेको छ ।  दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । गम्भीर ५ जना घाइतेलाई हेलिकोप्टर मार्फत नेपालगन्ज लगिएको छ ।

जिप दुर्घटनाका अन्य समान्य घाइतेलाई भने उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको प्रहरीले बताएको छ । १५ जना सवार रहेको जीप सडकबाट ४ सय मीटर तल खसेको छ । जिप ब्रेक फेल भएर दुर्घटनामा परेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News