बाँफिकोटको दुलीमा जिप दुर्घटना
64x64
२०८० जेठ ११ बिहिबार प्रेसपालिका संवाददाता
1127 Views

रुकुम पश्चिम ११, जेठ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -८, दुलीको मैत्याखोलामा आज बिहान जिप दुर्घटनामा परेको छ । सानीभेरी गाउँपालिका -५, हाँसुबाट सदरमुकाम खलंगा तर्फ आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार अहिले दुर्घटना स्थलमा प्रहरी पुगिसकेको छ । उहाँका अनुसार जिपमा सवार दुई जनाको मृत्यु भएको तर त्यसको पुष्टि भैनसकेको बताइएको छ । दुर्घटना स्थलमा प्रहरीले घाइतेको उद्दार गरिरहेको छ ।

झन्डै १५ जना जति सवार जिप सडकबाट ४ सय मीटर तल खसेको बताइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News