`लम्पी स्किन´रोगबाट झन्डै दुई सय पशुचौपायाको मृत्यु
64x64
२०८० जेठ १० बुधबार प्रेसपालिका संवाददाता
431 Views

रुकुम पश्चिम १०, जेठ ।
रुकुम पश्चिममा `लम्पी स्किन´ रोगबाट झन्डै दुई सय पशु चौपायाको मृत्यु भएको छ । लम्पी स्किन रोगको संक्रमण फैलिए सङ्गै हालसम्म जिल्लाभर १ सय ७९ वटा पशु चौपायाको मृत्यु भएको हो ।

६ हजार ७ सय ९ वटा पशु चौपाया भने लम्पी रोगबाट संक्रमित भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख ज्ञानु गौतमले जानकारी दिनुभएको छ । उहाँका अनुसार आठबिसकोट नगरपालिका र चौरजहारी नगरपालिकामा `लम्पी स्किन´ रोगको संक्रमण बढी देखिएको छ । अन्य पालिकामा भने फाट्टफुट्ट रुपमा यो रोगको संक्रमण देखिएको छ ।

लम्पी स्किन संक्रमण फैलिन थालेपछि रोगको रोकथाम र नियन्त्रणका लागि जिल्ला तहबाट जनचेतना लगायत विभिन्न नियन्त्रणका प्रयासहरु भैइरहेको प्रमुख गौतमको भनाई छ ।

यसका लागि जिल्लामा ‘लम्पी स्किन’ रोग बिरुद्ध २ हजार खोप आईसकेको छ । अहिलेसम्म १ हजार खोप पशुचौपायालाई लगाई सकिएको छ । रोग नियन्त्रणका लागि तीन वटै तहका सरकार र पशु किसान आफै लाग्नुपर्ने गौतमले बताउनुभएको छ  ।

हालसम्म जिल्लाको आठबिसकोट नगरपालिका -२, र चौरजहारी नगरपालिका -१३ बाहेक सबै ठाँउमा यो रोगको संक्रमण फैलिसकेको बताइएको छ ।

यो रोग लागेको पशुचौपायाको नाक र मुखबाट तरल पदार्थ झर्ने, उच्च ज्वरो आउने, झोक्राउने, खाना अरुचि हुने र दूध कम दिने लक्षण देखा पर्दछ । त्यस्तै छालामा पाँच सेन्टिमिटर सम्मको गोलो गिर्खा र घाउ देखा पर्नु यो रोगको मुख्य लक्षण रहेको छ ।

यस `लम्पी स्किन’ रोग लागिसकेपछि भरपर्दो उपचार नहुँदा रोगी पशुको र्‍याल शरीरबाट निस्किने भएकाले लामखुट्टे तथा भुसुनाको टोकाइबाट एक पशुबाट अर्को पशुमा रोग सङ्क्रमण हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News