बासले बुझायो भ्रष्टाचारबिरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र
64x64
२०८० जेठ १० बुधबार प्रेसपालिका संवाददाता
235 Views

रुकुम पश्चिम १०, जेठ ।
बागेश्वरी असल शासन क्लब (बास) नेपाल रुकुम पश्चिम शाखाले आज निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । भ्रष्टाचार बिरुद्ध नागरिक समाजको तर्फबाट विभिन्न १० बुदे माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको हो ।

ज्ञापन पत्र मार्फत भ्रष्टाचार विरुद्धको प्रभावकारी उत्तम अभ्यासको विकास र प्रवर्द्धनमा लाग्न माग गरिएको बागेश्वरी असल शासन क्लब (बास) नेपाल रुकुम पश्चिम शाखा अध्यक्ष कर्ण बहादुर बिकले जानकारी दिनुभएको छ ।

ज्ञापन पत्रमा भ्रष्टाचार विरुद्धका संयन्त्रको क्षमता तथा प्रभावकारिता अभिवृद्धि गरिनुपर्ने, राजनीतिक दलहरुलाई पारदर्शी बनाउने व्यवस्था हुनुपर्ने, सरकारको काम कारबाहीको सार्वजनिक सूचनाप्रवाह र काममा पारदर्शिता कायम गर्न, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा व्याप्त भ्रष्टाचारको नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचार विरुद्धको अयिभानमा अन्तर्राष्ट्रिय सहयोग अभिवद्धि गरिनुपर्ने बुदा राखिएको छ ।

त्यस्तै नेपाल सरकारको सुशासन कार्ययोजना, भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना, भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघिय महासन्धी कार्यान्वयन सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयन गरिनुर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संस्थागत विकास गरिनुपर्ने, भ्रष्टाचार बिरुद्ध शुन्य सहनशीलताको रणनीति अवलम्वन गरिनुपर्ने र राष्ट्रिय सर्तकता केन्द्र, हेलो सरकारलाई प्रभावकारी बनाईनुपर्ने लगाएतका माग ज्ञापनपत्रमा राखिएको शाखा अध्यक्ष बिकले जानकारी दिनुभएको छ।

ज्ञापनपत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले मागहरु अत्यन्त सान्दर्भिक रहेको र तत्काल प्रधानमन्त्री कार्यालयमा पठाईने बताउनुभएको छ ।

कार्यक्रममा बासका पूर्व केन्द्रीय अध्यक्ष राजु लामिछाने, पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसी लगायत बास रुकुम शाखाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News