कृषकलाई फलफूलका बिरुवा वितरण गरिने
64x64
२०८० जेठ ०९ मंगलबार प्रेसपालिका संवाददाता
138 Views

रुकुम पश्चिम ९, जेठ ।
कृषि बिकास कार्यालय रुकुम पश्चिमले कृषकलाई  अनुदानमा वर्षे फलफूलका बिरुवा वितरण गर्ने भएको छ ।  आर्थिक बर्ष २०७९/८० को वार्षिक  स्वीकृत कार्यक्रम अनुसार ८५ प्रतिशत अनुदानमा वर्षे फलफूलका बिरुवा वितरण गर्न लागेको हो ।

वर्षे फलफूल अन्तर्गत आँप, लिची, सुन्तला, कागती र एभोकाडोको बिरुवा ८५% अनुदानमा वितरण गर्न लागिएको निमित्त कार्यालय प्रमुख मिन बहादुर केसीले जानकारी दिनुभएको छ । केसीका अनुसार बिरुवा लगाउने ईच्छुक व्यावसायिक कृषक/कृषक समूह/कृषि सहकारी निजी फार्महरुले बगैंचाको रुपमा आँप लिची र एभोकाडोको हकमा कम्तिमा १० बिरुवा भन्दा माथि लगाउनुपर्ने छ । त्यस्तै सुन्तला कागतीको बिरुवा कम्तिमा १५ बोट लगाउनु पर्ने बताइएको छ ।

जस अन्तर्गत चौरजहारी नगरपालिकामा आँप/लिची, सानीभेरी गाँउपालिकामा आँप/लिची, बाँफिकोट गाँउपालिकामा आँप/लिची, त्रिवेणी गाँउपालिकामा सुन्तला/कागती र एभोकाडो तथा  मुसिकोट नगरपालिकामा सुन्तला/कागती र एभोकाडोको बिरुवा वितरण गर्न लागिएको छ ।

बिरुवा लगाउने ईच्छुक व्यावसायिक कृषक/कृषक समूह/कृषि सहकारी निजी फार्महरुले यही जेठ ३० गते भित्र कृषि विकास कार्यालय वा सम्बन्धित शाखामा बिरुवाको माग गरी बिरुवाको मूल्यको १५ प्रतिश्त रकम पैसा जम्मा गर्नुपर्ने निमित्त कार्यालय प्रमुख केसीले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News