रुकुम उद्योग वाणिज्य संघकाे अध्यक्षमा खड्का चयन
64x64
२०८० जेठ ०८ सोमबार प्रेसपालिका संवाददाता
392 Views

रुकुम पश्चिम ८, जेठ ।
रुकुम उद्योग वाणिज्य संघकाे अध्यक्षमा पहल खड्का चयन भएका छन् । शनिबार निर्विरोध निर्वाचित सदस्यबाट आज पदाधिकारी चयन गर्दै अध्यक्षमा खड्का निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका संयोजक अधिवक्ता गणेश हमालका अनुसार १४औं साधारण सभाको १२औं अधिबेशनबाट नयाँ कार्यासमिति सर्वसम्मत चयन भएको छ । लामोसमय देखि अस्तव्यस्त बनेको वाणिज्य संघले ढिला गरी पूर्णता पाएसङ्गै १६ सदस्यीय नयाँ टिम चयन भएको छ । संघकाे वरिष्ठ उपाध्यक्षमा दल बहादुर खड्का तथा उपाध्यक्षमा रविन्द्र कुमार विष्ट र दयाराम खत्री निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवमा अनिल बुढा, सचिबमा रमेश खड्का र कोषाध्यक्षमा धनबहादुर ओली चयन भएका छन् ।

अहिलेको १६ सदस्यीय निर्वाचित टिम १९ सदस्यीय हुनेछ । त्यसका लागि ३ जना सदस्य पछि मनोनीत हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News