आठबिसकोट १ सडक संजालले जोडियो, गाउँमा खुसियाली
64x64
२०८० जेठ ०६ शनिबार प्रेसपालिका संवाददाता
394 Views

सत्य बटाला
रुकुम पश्चिम ६, जेठ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको वडानम्वर -१, सडक संजालले जोडिएको छ । शाइकुमारी मन्दिर नजिकैको चट्टान फुटाएपछि विकट वडामा शनिवार पहिलोपटक यातायातका साधन सञ्चालनमा आएका छन् ।

सडक निर्माण कार्य सकिएपछि वडानम्वर -१, मा पुगेका दुईवटा ट्याक्टर, डोजर चालक/सहचालक र जनप्रतिनिधिलाई स्थानीयले खुसी हुँदै फुलमालाले भव्य स्वागत गरेका छन् । भेरी कोरिडोरसँग प्रत्यक्ष सम्पर्क भएको नगरपालिका भए पनि वडानम्बर -२ देखि वडानम्बर -१ जोड्ने सडक निर्माण गर्न पालिकालाई निकै सकस भएको थियो ।

गाउँमा सडक पुगेसङ्गै अब स्थानीयलाई पालिका केन्द्र राडीबजार सम्म आउजाउ गर्न सहज भएको वडा अध्यक्ष देव बहादुर घर्तीले बताउनुभएको छ । उहाँले पालिकाको सबैभन्दा विकट भएको वडाका सबै नागरिकलाई सडक मार्फत पालिका जोड्न पाएको भन्दै बाँकी कामहरू सम्पन्नका लागि सबैलाई सहयोग गर्न अपिल समेत गर्नुभएको छ ।

भौगोलिक रूपमा विकट मानिने यो क्षेत्रलाई सडक सञ्जालसँग जोड्न हेलिकोप्टर मार्फत २०७८ सालमा सडक निर्माण सामग्री ढुवानी गरिएको थियो । सडक सञ्जालसँग नजोडिएको यो क्षेत्रमा नगरपालिकाले डोजर ढुवानी गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |