ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु, दुई घाइते
64x64
२०८० जेठ ०५ शुक्रबार प्रेसपालिका संवाददाता
952 Views

रुकुम पश्चिम ५, जेठ ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडानम्बर -९, को खारखोलामा बिहीवार बेलुकी ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मुसिकोट नगरपालिका वडानम्बर -१४, का १८ वर्षीय हेमराज ओलीको मुत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराइका अनुसार दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । दुर्घटनामा सोही वडाका चन्द्र बहादुर खड्का र सानीभेरी गाउँपालिका वडानम्बर -११, का शेर बहादुर विक घाईते भएका छन् ।

घाईते दुई मध्ये खड्काको चौरजहारी मिसन अस्पतालमा उपचार भईरहेको छ । विकलाई भने थप उपचारको लागि नेपालगञ्ज पठाईएको छ ।

सानीभेरीबाट मुसिकोट नगरपालिका -१४, को बाघखोर तर्फ बालुवा लिएर जाँदै गरेको रा १ त ३७९० नम्वरको ट्याक्टर खारखोलामा दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News