रुकुम पश्चिम ३१, बैशाख ।
प्रेस सेन्टर नेपाल रुकुम पश्चिम विशेष साधारणसभा बाट देवकुमार ओली चयन भएका छन् । खलंगा स्थित सहिद प्रतिष्ठानको सभाहलमा आइतबार बसेको साधारण सभाले पुरानो कार्यसमितिलाई पुनर्गठन गर्दै ओलीलाई अध्यक्षमा चयन गरेको हो ।
साधारणसभाले उपाध्यक्षमा सिजन बाँठा मगर र नारायण ओलीलाई चयन गरेको छ । त्यस्तै सचिवमा मनिष खड्का, सहसचिवमा सन्देश जैसी र दीपेन्द्र महतरा तथा कोषाध्यक्षमा सत्य बटलालाई चयन चयन गरेको छ ।
प्रेस सेन्टर रुकुम पश्चिमका अनुसार १३ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।