नेपाल नेत्रज्योति संघ रुकुम पश्चिमको सभापतिमा खत्री
64x64
२०८० बैसाख ३१ आइतबार प्रेसपालिका संवाददाता
346 Views

रुकुम पश्चिम ३१, बैशाख ।
नेपाल नेत्रज्योति संघ रुकुम पश्चिमको सभापतिमा शिवराम खत्री निर्विरोध चयन भएका छन् । आज सम्पन्न जिल्ला शाखाको तेस्रो निर्वाचनबाट खत्री सभापतिमा निर्वाचित भएका हुन् ।

शाखाको निर्वाचनमा सभापति लगायत अन्य सदस्यहरु पनि निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत घनश्याम सुवेदीले जानकारी दिनुभएको छ । उहाँका अनुसार नेत्र ज्योति संघको निर्वाचनका लागि उम्मेदवारी दिने अन्तिम समय सम्म निर्वाचित उम्मेदवारको मात्रै उम्मेदवारी परेकाले सबै जना निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचनबाट सभापति खत्री सहित १० जना खुला सदस्य र २ जना महिला सदस्य गरि १३ जना निर्वाचित भएको बताइएको छ ।  निर्वाचित सबैजनालाई निर्वाचन अधिकृत सुवेदीले प्रमाणपत्र दिएको नेपाल नेत्रज्योति संघ रुकुम पश्चिमका इन्चार्ज धनबहादुर केसीले बताएका छन् ।

निर्वाचित कार्यसमिति
शिवराम खत्री – सभापति
टेकबहादुर कुसारी – सदस्य
विष्णु बहादुर बुढाथोकी – सदस्य
खम्वुसिंह थापा – सदस्य
तेजबहादुर खत्री – सदस्य
शरद गौतम – सदस्य
रमा गौतम – सदस्य
चन्द्र बहादुर केसी – सदस्य
यज्ञ बहादुर केसी – सदस्य
डम्बर थापा – सदस्य
दिनेश खड़का – सदस्य
तारा चन्द – महिला सदस्य
दुर्गा बिसी – महिला सदस्य ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News