
रुकुम पश्चिम २५, बैशाख ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडानम्बर -६, को वडा कार्यालय भवन उद्धघाटन गरिएको छ । आज एक कार्यक्रमका बीच प्रतिनिधिसभा सदस्य तथा पूर्व अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले रिबन काटेर भवनको उद्घाटन गर्नुभएको हो ।
दुई तला रहेको भवनको पहिलो तलामा ४ कोठा र माथिल्लो तलामा बैठक हल तथा शौचालय रहेको वडा अध्यक्ष भानु मल्लले जानकारी दिनुभएको छ । कुल ३६ लाख बजेटमा निमार्ण गरिएको भवन एडिवि निर्माण सेवा एण्ड सप्लायर्सले निर्माण गरेको हो ।
भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज हुने बताइएको छ । साथै भवन उद्घाटन कार्यक्रमको अवसर पारी २ जना जग्गादातालाई सम्मान गरिएको छ । भवन निर्माणका लागि जग्गा दान गर्नुहुने स्थानीय प्रेमबहादुर बोहरा र मोहन बोहरालाई सम्मान गरिएको छ । उहाँहरुले १८ सय वर्गमिटर जग्गा दान गर्नुभएको वडा अध्यक्ष मल्लले जानकारी दिनुभएको छ ।
कार्यक्रममा प्रदेशसभा सदस्य महेन्द्र केसी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बसन्तकुमार शर्मा, गोपाल शर्मा, जिल्ला संयोजक गोविन्द रोका सचिन, आठबीसकोट नगरपालिकाका पूर्व नगर प्रमुख गोर्खबहादुर केसी, सानीभेरी गाउँपालिकाका पूर्व अध्यक्ष नरबहादुर पुन लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको संचालन वडा सचिव युवराज खड्काले गर्नुभएको थियो ।
