
रुकुम पूर्व १९, बैशाख ।
रुकुम पूर्वकाे सिस्ने गाउँपालिका वडानम्वर -७, सिस्नेरी मा आधारभुत सुरक्षा, कानुन र सामाजिक अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आइतबार जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व मातहतकाे अस्थायी प्रहरी पोष्ट धपे रुकुम पूर्वले सिस्नेरी बजार स्थित स्थानीयहरुको सहभागितामा “आधारभुत सुरक्षा, कानुन र सामाजिक अपराध सम्बन्धी” सचेतनामूलक कार्यक्रम गरेकाे हाे ।
समाजमा हुने सामान्य तथा आधारभूत सुरक्षा कानुन तथा सामाजिक अपराध सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । प्रहरीले पछिल्लो समयमा समाजमा हुने विभिन्न सामाजिक अपराध सम्बन्धी अभियानकै रुपमा यस्ता कार्यक्रम लाई निरन्तर दिंदै आयको छ ।
कार्यक्रममा स्थानीय महिला युवा तथा समाजका अगुवाहरुकाे उपस्थिति रहेकाे थियो । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सबै नागरिक सजक र कानुनी कुराहरुकाे पहुँचमा पुगून् भन्ने उदेश्यले सो कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।
