मिटर व्याजी पीडितले उजुरी दिन पाइने
64x64
२०८० बैसाख १९ मंगलबार प्रेसपालिका संवाददाता
1321 Views

रुकुम पश्चिम -१९, बैशाख ।
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले अनुचित लेनदेन (मिटर व्याजी) पीडितका लागि उजुरी दिन आह्वान गरेको छ । रुकुम पश्चिममा सञ्चालनमा रहेका अनुचित लेनदेन (मिटर व्याजी) पीडितले आफ्नो प्रमाण सहित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको हो ।

पीडितहरूले यही वैशाख १७ देखि २५ गते सम्म जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूको सहयोगमा निःशुल्क फाराम भर्न सक्ने सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार मिटर व्याजी पीडितलाई सकेसम्म सबुद प्रमाण खुल्ने गरि फाराम पेश गर्न आग्रह गरिएको छ ।

मिटर व्याजी पीडितले उजुरी दिन पाइने - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News