बिरामीलाई फलफूल वितरण
64x64
२०८० बैसाख १८ सोमबार प्रेसपालिका संवाददाता
1131 Views

रुकुम पश्चिम १८, बैशाख ।
लघुबित्त कर्मचारी मञ्च रुकुम पश्चिमले जिल्ला अस्पताल सल्लेमा रहेका बिरामीलाई फलफुल  वितरण गरेको छ । जिल्लामा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको मञ्चले आज अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा बिरामीलाई फलफूल  वितरण गरेको हो ।

अस्पतालमा भर्ना भएका ३१ जना बिरामीको स्वास्थ्य लाभको कामना सहित फलफूल वितरण गरिएको लघुबित्त कर्मचारी मञ्च रुकुम पश्चिमका महासचिव गोविन्द थापाले जानकारी दिनुभएको छ ।

फलफूल वितरण कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. शुशिल पोखरेल, अस्पतालका डा. भिमकान्त जैसी, पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी, स्वास्थ्य सेवा कार्यालयका लेखापाल प्रकाश खड्का, मञ्चका अध्यक्ष देवसिंह ठकुरी, पदाधिकारी तथा सदस्य लगायतको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News