त्रिवेणीका किसानलाई बाख्रा वितरण
64x64
२०८० बैसाख १५ शुक्रबार प्रेसपालिका संवाददाता
424 Views

रुकुम पश्चिम १५, बैशाख ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका किसानलाई बाख्रा वितरण गरिएको छ । सामरिटन पस क्यानडाको आर्थिक सहयोग अन्तर्गत दिगोपनाको लागि जीविकोपार्जन कार्यक्रमबाट ४ वटा वडाका किसानलाई बाख्रा वितरण गरिएको हो ।

नेपाल ख्रीष्टिय राहत सेवाका अनुसार गाउँपालिकाको वडानम्बर -३, ४, ६ र ७ का २० जनालाई एक/एक वटा बाख्रा वितरण गरिएको छ । त्यस्तै वडानम्बर -४, को महिला बाख्रापालन समूह  र आयआर्जन बाख्रापालन समूहलाई एक/एक वटा बोयर बोका वितरण गरिएको छ ।

तीन दिने आधुनिक तथा व्यावसायिक बाख्रापालन तालिम प्रदान गरेर लाभान्वित किसानलाई बाख्रा र बोका वितरण गरिएको बताइएको छ । गाउँपालिका अध्यक्ष गणेशकुमार केसी, सम्बन्धित वडाध्यक्ष र पशुसेवा प्रमुखको रोहवरमा बाख्रा वितरण गरिएको हो ।

नेपाल ख्रीष्टिय राहत सेवाको आयोजनामा गत बुधबार त्रिवेणी गाउँपालिकाको सभाहल खारानेटामा बाख्रा वितरण थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |