बेलिब्रीज भाँचिदा ४ जना गम्भीर घाइते
64x64
२०८० बैसाख ०७ बिहिबार प्रेसपालिका संवाददाता
328 Views

रुकुम पश्चिम ७, बैशाख ।
जाजरकोट-डोल्पा सडकखण्ड अन्तर्गत रुकुम पश्चिम र जाजरकोट जोड्ने तल्लु बगरमा निर्माणाधीन बेलिब्रीज भाँचिदा ४ जना गम्भीर घाइते भएका छन् । जाजरकोटको नलगाड नगरपालिका -१२, तल्लुबगर र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका -४, गोतामकोट जोड्ने गरि ठूली भेरी नदी माथि निर्माणाधीन पुल भाँचिदा ४ जना घाइते भएका हुन् ।

रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार ९ जना कामदार मध्ये ४ जना गम्भीर घाइते भएका छन् । पुलको नट कस्ने क्रममा पुल भाँचिएको र घटनामा अन्य ५ जना सामान्य घाइते भएको उहाँको भनाइ छ ।

गम्भीर घाइतेलाई उपचारका लागि दल्ली अस्पताल तर्फ लगिएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताउनुभएको छ । पुल आज बिहान ११ बजेतिर भाँचिएको हो । पुल निर्माणमा ९ जना कामदार खटिएको बताइएको छ । थप बिस्तृत विवरण आउन बाकी रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News