रुकुम पश्चिम २, बैशाख ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडानम्बर -५, को सिमबजार देखि वडानम्बर -४, हुँदै वडानम्बर -६, को करबगाडमा बिद्युतको केन्द्रीय प्रसारण पुगेको छ । शुक्रबार एक कार्यक्रमका बीच नगरप्रमुख रबी केसीले वडानम्बर -४, को बगेनामा बिजुलीको पोलमा बत्ती बालेर प्रशारण लाईनको उद्धघाटन गर्नुभएको हो ।
चुनावी प्रतिबद्धता अनुसार २ बर्ष भित्र सबै वडाका केन्द्र सम्म केन्द्रीय लाइन बिस्तार र ५ वर्ष भित्र नगरपालिकाका सबै गाउँहरुमा विद्युतिकरणको काम भैरहेको नगरप्रमुख केसीले जानकारी दिनुभएको छ ।
नगरको वडानम्बर -५, मा बिद्युत बिस्तारको काम अगाडि बढिरहेको र छिट्टै वडानम्बर -४ र ६ का मुख्य बस्तिहरुमा पनि विद्युत बिस्तार कार्यलाई अगाडि बढाईने नगरप्रमुख केसीले बत्ताउनुभएको छ ।
यो संगै अब छिमेकी जिल्ला डोल्पामा बिद्धुत बिस्तारमा पनि सहज हुने छ । बिद्युत पुगे संगै उज्यालो लगायत आर्थिक उन्नतिमा नागरिकलाई सहयोग पुग्ने नगरप्रमुख केसीको भनाइ छ ।
साथै नगर प्रमुख केसीले नगरलाई बिद्युतिकरणमा जोड्न सहयोग गर्ने नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम शाखा, आठबिसकोट वितरण शाखा, जनप्रतिनिधिहरु र प्राविधिक टिमलाई धन्यवाद दिनुभएको छ ।