आजदेखि विक्रम सम्वत २०८० सुरु
64x64
२०८० बैसाख ०१ शुक्रबार प्रेसपालिका संवाददाता
189 Views

रुकुम पश्चिम १, बैशाख ।
आज बाट विक्रम सम्वत २०८० सुरु भएको छ । नयाँ वर्ष सुरु भएसङ्गै वैशाख १ गतेलाई नव वर्षको रुपमा मनाउन नेपाली चलन छ ।

नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज प्रत्येक नेपालीले शुभकामना आदानप्रदान गरेर खुसी मनाइरहेका छन् । त्यस्तै विदेशमा रहेका नेपालीले समेत एकअर्कामा शुभकामना आदनप्रदान गरिरहेका छन् ।

नयाँ वर्षको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । सो अवसरमा  नयाँ वर्षको दिन साथीभाइ तथा परिवारका सदस्यहरु भेला भएर रमाइलो ठाउँमा घुम्न जाने र नयाँ कामको थालनी समेत गर्ने परम्परा रहेको छ ।

नेपालमा मल्लकालदेखि नै मौलिक सम्वतका रुपमा चल्दै आएको विक्रम सम्वत विक्रमादित्यले चलाएका हुन् । यो सम्वत् नेपाल मात्रै मौलिक रुपमा चल्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News