भण्डारीकाँडाकी झरणा सिंह ठकुरी बेपत्ता
64x64
२०७९ चैत्र ३० बिहिबार प्रेसपालिका संवाददाता
376 Views

रुकुम पश्चिम ३०, चैत ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -६, भण्डारीकाँडा कि भरणा सिंह ठकुरी चैत्र १८ गतेदेखि बेपत्ता हुनुभएको छ । भण्डारीकाँडा घर भई हाल माईती घर त्रिवेणी गाउँपालिका -५, जिवाङ्गमा बस्दै आउनुभएका ३२ वर्षीया ठकुरी बेपत्ता भएको परिवारजनले बताएका छन् ।

बेपत्ता भण्डारीको हुलिया समेत परिवारले सार्वजनिक गरेको छ । उनको कपाल काटिएको, मानसिक सन्तुलन नभएको र गहुँगोरो वर्ण भएको बताइएको छ ।

त्यस्तै ५ फिट उचाई भएको, कालो टि- सर्ट र सेतो प्लाजु सुरुवाल समेत लगाएको परिवारको भनाइ छ । ठकुरीलाई फेला पारेमा नजिकैको प्रहरीचौकी अथवा ९८०६२१६२७८ र ९८६०६०९२२० मा सम्पर्क गरिदिन उनका बुबा रूपे ओलीले आग्रह गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News