जबरजस्ती विकासले नोक्सान गर्यो : साँसद खड्का
64x64
२०७९ चैत्र २६ आइतबार प्रेसपालिका संवाददाता
166 Views

रुकुम पश्चिम २६, चैत ।
कर्णाली प्रदेश सभाका साँसद कल्याणी खड्काले जबरजस्ती विकासका कारण अहिले मानव समुदायले क्षति भोग्नु परिरहेको बताउनुभएको छ । मानव विकासका सूचकहरुको अध्ययन नगरी  ग्रामीण भेगमा गरिएको जबरजस्ती  विकासका कारण भौगोलिक तथा मानविय नोक्सान भएको बताउनुभएको हो ।

आइतबार जिल्ला समन्वय समितिको सातौं जिल्ला सभामा बोल्दै, साँसद खड्काले हिजोको अवस्था र आजको अवस्थामा धेरै फरक भएको कुरा राख्नुभयो । उहाँले पछिल्लो समय विकासले गति लिएको तर आवश्यकता र अध्ययन बिनाको  विकास भैरहेको बताउनुभयो ।

त्यसका लागि रुकुमको समग्र विकासका निम्ति अब सबै एक भएर अगाडि बढ्नुपर्ने र मानव विकास तथा सामाजिक रुपान्तरणमा समेत सबै लाग्नुपर्ने साँसद खड्काको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News